धनपति: खगेन्द्रको अपोजिटमा सुरक्षा अनुबन्धित

धनपति: खगेन्द्रको अपोजिटमा सुरक्षा अनुबन्धित

द सिनेमा टाइम्स
0
Shares

दीपेन्द्र के खनालले निर्देशन गर्ने फिल्म धनपतिमा अभिनेत्री तथा टिभी होस्ट सुरक्षा पन्त अनुबन्धित भएकी छिन  । धनपतिमा खगेन्द्र लामिछानेको अपोजिटमा सुरक्षा बिहिबार फाइनल भएकी हुन् ।

निर्देशक खनालका अनुसार फिल्मका लागी खोजेको जस्तै क्यारेक्टर सुरक्षा संग मिलेको कारण उनलाई लिईएको बताए । फिल्ममा अशान्त शर्मा, हरिहर शर्मा, प्रकाश घिमिरेपनि हुनेछन् । यसअघी पशुपति प्रसाद निर्माण गरेको टुकी आर्ट्स र दीपेन्द्र के. खनाल प्रोडक्सनले यो सिनेमाको निर्माण गर्दै छ ।

माघको पहिलो साताबाट फ्लोरमा जाने यो फिल्म सामाजिक कथामा बन्ने बताईएको छ । काठमाडौं र तराईका बिभिन्न स्थानमा फिल्मको छायांकन गरिने छ । फिल्मले समकालिन राजनीतिक र सामाजिक आयामलाई प्रस्तुत गरिने पनि निर्देशक खनालले बताए ।