‘पर्व’मा काले दाइ बन्दै यसरी नाचे निश्चल (भिडियो)

‘पर्व’मा काले दाइ बन्दै यसरी नाचे निश्चल (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

दिनेश राउत निर्देशित फिल्म ‘पर्व’ले पहिलो गीत रिलिज गरेको छ। फिल्मले ‘काले दाइ’ बोलको गीत रिलिज गरेको हो। फिल्म चैत्र २५ गते रिलिज हुनेछ,

गीतमा निर्देशक निश्चल बस्नेतले फिल्मकी अभिनेत्री माला लिम्बुसँग नृत्य गरेका छन्। गीतमा निश्चलको नाचका उनको स्वरसमेत सुन्न सकिन्छ। महिला स्वरमा मिना निरौलाले उनलाई साथ दिएकी छन्। गीत फिल्मका निर्देशक दिने राउतले लेखेका हुन् भने संगीत कोशिश क्षेत्रीको रहेको छ।

निकिता पौडेल र सुवास गिरीले मिलेर यो फिल्म बनाएका हुन्। कविराज गहतराजको कोरियोग्राफी रहेको गीतलाई राजेश श्रेष्ठको सिनेम्याटोग्राफी रहेको छ। सस्पेन्स–थ्रीलर कथामा यो फिल्म निर्माण गरिने निर्देशक राउतले जानकारी दिएका छन्।

टीभी फिल्मको निर्माण र सुवास इन्टरटेन्मेन्टको सहकार्यमा यो फिल्मको निर्माण भएको हो। फिल्ममा नम्रता श्रेष्ठ, कोशिश क्षेत्री, माला लिम्बु, जेबिका कार्की मुख्य भूमिकामा छन्।