रेकर्ड: युट्युब ट्रेन्डीङको नम्बर १ मा ‘ए मेरो हजुर २’को गीत (भिडियो)

रेकर्ड: युट्युब ट्रेन्डीङको नम्बर १ मा ‘ए मेरो हजुर २’को गीत (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

आइतबार झरना थापाको डेब्यु निर्देशन रहेको फिल्म ‘ए मेरो हजुर २’को ‘कसम हो कसम’ बोलको गीत सार्वजनिक गरियो । प्रेसमिटमा सार्वजनिक गरिएको उक्त गीत हेर्ने जति सबैले मन पराए । त्यसको केहि छिनमै गीत सामाजिक संजाल युट्युबमा सार्वजनिक गरियो । त्यसपछी उक्त गीतले एक किसिमको रौनक पैदा गरिरहेको छ । हेर्ने जति सबैले गीतको खुलेर प्रशंसा गर्दै शेयर गर्न थालेका छन् । राम्रो गीत भएकाले पनि मिडियाबाट राम्रो साथ पाउदा गीतले केहि समयमै रेकर्ड राख्दै २४ घण्टामा सर्वाधिक भ्युको रेकर्ड पार गर्यो । गीतलाई २४ घण्टा नबित्दै ४ लाख ५५ हजार भन्दा धेरैले हेर्न भ्याए  । गीत सोमबार रातीदेखि भिडियो नम्वर वान ट्रेन्डिङमा छ।

गीत हेरेर दर्शकले कोरियोग्राफी, लोकेसन, साम्राज्ञीको बोल्ड प्रस्तुतिको खुलेर प्रंशसा गरेका छन् । नव कलाकार सलिनमान बानियाँलाई दर्शकले अनमोल केसीको बलियो प्रतिस्प्रधी बन्ने अड्कल काटेका छन् । गीतले बनाएको हाइपसंगै फिल्म बहुप्रतिक्षित बनेको छ । यो समाचार तयार पार्दासम्म उक्त गीतलाई करिब ६ लाखले हेरिसकेका छन्। कल्याण सिंहको संगीत, कृष्णहरी बरालको शब्द रहेको गीतमा सुगम पोखरेलको स्वर छ । शिर्ष गीतको भिडियोसँगै ‘ए मेरो हजुर २’ को प्रदर्शन मिति पनि भदौ १६ लाई तय गरिएको छ । सुनिल कुमार थापाको निर्माण रहेको फिल्ममा साम्राज्ञी र सलिनसँगै सलोन बस्नेत, अम्बर सुवेदी, सुमन पौडेल, अजश्र ढुंगाना, अुनभव रेग्मी, बुद्धि तामाङ, अनुराग कुँवर, विल्सन विक्रम राई लगायत कलाकारहरुको अभिनय रहेको छ ।