चलचित्र निर्माता संघमा अधिकारी, राणा र ओझा निर्विरोध, उपाध्यक्ष र सदस्यका लागी निर्वाचन हुने

चलचित्र निर्माता संघमा अधिकारी, राणा र ओझा निर्विरोध, उपाध्यक्ष र सदस्यका लागी निर्वाचन हुने

द सिनेमा टाइम्स
0
Shares

नेपाल चलचित्र निर्माता संघको अध्यक्षमा आकाश अधिकारी निर्विरोध चयन भएका छन् । बुधबार आब्हान गरिएको उम्मेदवारी दर्ताका लागि अध्यक्षमा अधिकारी बाहेक अरु कसैले उम्मेदवारी दर्ता नगरे पछी उनि निर्विरोध भएका हुन् ।

यस्तै संघको महासचिव पनि निर्माता रोज राणा निर्विरोध चयन भएका छन् । त्यस्तै कोषाध्यक्षमा सुशिल पोखरेल समेत निर्विरोध भए भने रोचक कुरा सचिवमा वर्तमान कार्यकालमा समेत सचिब नै रहेका छबिराज ओझा पनि निर्विरोध भएका छन्, उनीहरु विरुद्ध कसैको पनि उम्मेदवारी परेन ।

तर उपाध्यक्ष पदको लागी भने माधव वाग्ले, केशव भट्टराई र गोविन्द शाहीको उमेद्वारी परेको छ । शुक्रबार चलचित्र विकास वोर्डको हलमा हुने निर्वाचनमा दुई उपाध्यक्ष पदको लागी तीन निर्माता बीच प्रतिस्पर्धा हुने भएको छ । उता ९ सदस्य पदको लागी ११ जनाको उमेद्वारी परेको छ जसमा करिश्मा मानन्धर, रोहित अधिकारी, रौनकबिक्रम कंडेल, भानुप्रताप ढकाल, दिपेन्द्र के खनाल, निश्चल बस्नेत, दिपकराज गिरी, अर्जुनकुमार, चेतन सापकोटा, सुशान्त श्रेष्ठ र निकिता पौडेल रहेका छन् ।

उमेद्वारको लागी दाबी बिरोधको लागि बिहिबारसम्मको समय दिईएको छ । जानकारीमा आए अनुसार चलचित्र विकास वोर्ड अध्यक्ष समेत रहेका संघका वर्तमान अध्यक्ष राजकुमार राईको पहलमा माथिका पदहरुमा निर्विरोध हुन् सम्भव भएको हो ।

नयाँ बन्ने १५ सदस्य कार्य समितिको कार्यकाल ३ बर्षको हुनेछ, जसमा दुई सदस्य नयाँ निर्वाचित कार्यसमितिले मनोनयन गर्न पाउने छ । संघको चुनाव समितिमा राजेन्द्र सलभ संयोजक छन् भने पत्रकार शान्तिप्रिय र अधिवक्ता ताराकुमार श्रेष्ठ सदस्य छन् ।