आयुष्मान देखिए रेखाको म्युजिक भिडियोमा, फिल्म खेल्न मागेका थिए १० लाख !

आयुष्मान देखिए रेखाको म्युजिक भिडियोमा, फिल्म खेल्न मागेका थिए १० लाख !

द सिनेमा टाइम्स
0
Shares

चर्चित मोडल तथा फिल्म चपली हाइट २ का अभिनेता आयुष्मान देशराज जोशीम्युजिक भिडियोमा देखिएका छन् । उनले गायिका रेखा शाहको स्वरमा रहेको गीत ‘तिमी बिना…’ को म्युजिक भिडियोमा अभिनय गरेका हुन्  ।

एउटा मात्र फिल्म अभिनय गरेका आयुष्मानले अर्को फिल्म खेल्न १० लाखको डिमाण्ड गरेको कुराले यसअघी निकै चर्चा पाएको थियो भने उनको यो डिमाण्ड गर्नु कत्तिको जायज कुरा हो भन्नेमा समेत अनेक टिका टिप्पणी भएको थियो ।

नितिनकुमार चन्दले निर्देशन गरेको भिडियोमा आयुष्मानसंगै गायिका शाह आफैले अभिनय समेत गरेकी छिन् । गीतमा कमल खत्रीको संगीत छ भने भूपेन्द्र खड्काको यसमा शब्द समाबेस छ । गीतमा रेखासंगै गौरव डोगाउँकरको स्वर पनि सुन्न पाइन्छ ।

डोगाउँकर बलिउडका प्रसिद्ध गायक तथा संगीतकार हुन् । उनले थुप्रै नेपाली गीतको कभर समेत बनाईसकेका छन्।