आलियाले मागी विवाह नगर्ने: विहेको लागि चाहन्छिन् यस्तो केटा

आलियाले मागी विवाह नगर्ने: विहेको लागि चाहन्छिन् यस्तो केटा

द सिनेमा टाइम्स
0
Shares

बलिउडमा छोटो समयमा नै गतिलो अभिनेत्रीमा दरिइसकेकी छन् आलिया भट्ट। उनका फिल्म वक्सअफिसमा सफल त छँदैछन्, त्यसका अलावा उनको अभिनयको पनि उस्तै तारिफ हुने गरेको छ।

आलियाले वरूण धवनसँग जोडी कसेको फिल्म ‘बद्रीनाथकी दुल्हनियाँ’ छिट्टे रिलिज हुँदैछ। फिल्मको पर्चारमा रहेकी आलियाले फिल्मसँगै विवाहको बारेमा आफ्नो धारणा सार्वजनिक गरेकी छन्।

सो क्रममा आलियाले आफू मागी विवाहको पक्षमा नरहेको बताएकी छन्।

‘म मागी विवाह त कहिले पनि गर्दिन किनकी मलाई के लाग्छ भने बाबुआमाको सोच र मेरो सोच नमिल्न सक्छ, म आफ्नै हिसाबले केटा छान्न चाहन्छु। मलाई लाग्दैन कि मेरा बाबुआमाले पनि आफ्नो रोजाइ म माथी थोपर्नुहुनेछ।’

यससँगै आलियाले आफ्नो राजाइमा पर्ने केटाको गुणका बारेमा पनि बताएकी छन्।

‘केटा भन्दा पनि कस्तो सम्बन्ध हो भन्ने कुराले प्राथमिक्ता राख्छ। त्यो केटासँग मेरो साथीको जस्तो सम्बन्ध हुनु जरूरी छ। दुबै तर्फ एकआपसमा सोच मिल्ने हुनुपर्छ। काममा धेरै नै समय बित्ने भएकाले म बच्चा भएपछी मेरो काम बन्द होस भन्ने चाहन्न। म कहिले पनि काम गर्न छोड्दिन, म यस्तै सम्बन्ध होस भन्ने चाहन्छु।