चर्चित संगीतकार अर्जुन पोखरेलले फिल्म ‘प्रेम गीत २’मा अब संगीत नदिने भएका छन् । मिडियामा उनलाई निर्माताले फिल्मको संगीतकार बाट निकालिएको खबर आईरहेको बेला पोखरेलले एक अन्तर्वार्तामा ‘प्रेम गीत २’ निर्माण युनिटले आफुलाई झुठो आरोप लागाएका कारण आफुले उक्त फिल्म छाडेको स्पष्टीकरण दिएका छन् ।
अविश्वस भएपछी काम गर्न नसक्ने अवस्थामा पुगेको पनि उनले बताए । साथै आफुले संगीत नदिने भनिरहदा समेत प्रेम गीत युनिटबाट धम्कीपूर्ण शैलीको म्यासेजहरु आइरहेको समेत खुलासा गरेका छन । उनले भने ‘धेरै कुरा गर्दै हिंडेछौं तिमीलाई भोलि भेटेर राम्ररी सम्झाउँला भनेर म्यासेज आएको छ’।
यो बिषयले नेपाली फिल्म क्षेत्र र मिडियाहरुमा हाल निकै चर्चा समेत भईरहेको छ । यसैबीच मज्जाको अनलाईन टिभिका उत्सव रसाईलीले संगीतकार पोखरेल संग यस बिषयमा कुरा गरि आन्तरिक कुरा बाहिर ल्याउने कोशिष गरेका छन ।
भिडियो हेर्नुहोस् :
प्रतिक्रिया