दमदार एक्सनसहितको विराज भट्ट स्टारर ‘साङ्लो’ ट्रेलर रिलिज

द सिनेमा टाइम्स, काठमाडौँ - एक्सन स्टार विराज भट्ट अभिनित सिनेमा 'साङ्लो'को ट्रेलर रिलिज गरिएको छ । एक्सन प्रधान सिनेमाबाट विराजले निर्देशनमा पनि डेब्यु गरेका छन् । कमेडी, रोमान्स, प्रेम र एक्सनले भरपुर ट्रेलर पूर्ण रुपमा मनोरंजनमा ढालिएको छ । ट्रेलर हेर्दा चेलीबेटी अपहरणको कथा अनुमान गर्न सकिन्छ । तर, मूल कथा सस्पेन्स राखिएको छ ।…