धिरज र जसिताको ‘ज्याकी : आई एम ट्वान्टी वान’को ट्रेलर रिलिज

द सिनेमा टाइम्स, काठमाडौं - रेनाशा राई राणा निर्देशित डान्स ड्रामा सिनेमा 'ज्याकी : आई एम ट्वान्टी वान'को ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार नयाँ वर्षको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमा अभिनेता धिरज मगर र अभिनेत्री जसिता गुरुङले सफल डान्सर बन्न गरेको संघर्षलाई देखाइएको छ । उनीहरुले नृत्यमा गरेको मिहिनेत…