अपहरणबाट मुक्त हुन युवतीले गरेको संघर्षको कथामा ‘पासो’ ट्रेलर

द सिनेमा टाइम्स, काठमाडौं - आगामी मंसिर १६ गतेबाट प्रदर्शनको तयारीमा रहेको नारी प्रधान सिनेमा ‘पासो’को ट्रेलर सार्वजनिक भएको छ । आइतवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको १ मिनेट १८ सेकेन्ड लम्बाईको ट्रेलरमा अपहरणकारीको कब्जाबाट उम्कन दुई महिला पात्रले गरेको संघर्षलाई देखाइएको छ । अभिनेत्री रीस्ता बस्नेत बाकसभित्र कैद छिन् भने सुनिशा बजगाईलाई…