TCT Box Office: ९९ दिनमा छक्का पन्जाको १५ करोड ६५ लाख कलेक्सन

TCT Box Office: ९९ दिनमा छक्का पन्जाको १५ करोड ६५ लाख कलेक्सन

द सिनेमा टाइम्स
0
Shares

भाद्र २४ बाट रिलिजमा आएको सिनेमा छक्का पञ्जाले प्रर्दशनको ९९ सयौ दीनसम्म आइपुग्दा १५ करोड ६५ लाखको बिजनेश गरेको जानकारीमा आएको छ ।

रिलिजको पहिलो दिन यो सिनेमाले ३३ लाख ४८ हजारको ओपनिङ कारोबार गरेको थियो भने पाँच दिनमा तीन करोड ग्रस् गरेको थियो । त्यस्तै दश दिनमा पाँच करोड कमाएको सिनेमाले रिलिजको पाँचौ हप्ता अर्थात् २८ दिनमा झन्डै १० करोड ग्रस् कलेक्सन गरेको थियो भने ५१ दिनमा १३ करोड माथिको बिजनेस गरेको थियो।

आफ्नो फिल्मले इतिहास रच्दै ९९ दिन पार गर्दै १५ करोड ६५ लाख माथिको बिजनेस गरेको हिसाब आएको यसका निर्माता सुमन गिरी भान्जाले दि सिनेमा टाइम्सलाई जानकारी दिएका छन् । भोली शनिबार फिल्मले रिलिजको सय दिन मनाउदै छ, सामाजिक संजालमा सिनेकर्मीहरुले फिल्मको सफलतालाई लिएर छक्का पन्जा टिमलाई बधाई तथा शुभकामान दिईरहेका छन् ।

हाँस्य अभिनेत्री दिपाश्री निरौलाको डेब्यू निर्देशन रहेको यो सिनेमा हाल सम्म पनि मोफसलका १३ पर्दामा र उपत्यकाका ६ हलमा लागिरहेको छ । फिल्ममा चर्चित हाँस्य कलाकारहरु दिपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, शिवहरी पौड्याल, वुद्धि तामाङसँगै प्रियंका कार्की, बर्षा राउत, नम्रता सापकोटा लगायतको अभिनयमा रहेको छ ।