‘डाइङ क्यान्डल’ अफिसियल ट्रेलर रिलिज

‘डाइङ क्यान्डल’ अफिसियल ट्रेलर रिलिज

द सिनेमा टाइम्स
0
Shares

सिनेमा डाइङ क्यान्डलको अफिसियल ट्रेलर रिलिज र प्रदर्शन मिति घोषणा भएको छ ।माघ २८ गतेदेखि रिलिज हुने सिनेमालाई कथा भन्ने शैली र कथावस्तुको आधारमा प्रतीक्षित मानिएको छ ।नरेशकुमार केसीको पटकथा एवं निर्देशन रहेको सिनेमामा सृजना सुब्बा, सौगात मल्ल, लाक्पा तामाङ, अर्पण थापा र विद्या कार्कीको मुख्य भूमिका छ ।

क्विन्स फिल्म फेस्टिभलमा छायांकन विधामा अवार्ड जिते लगत्तै यसको चर्चा भएको थियो ।रविन आचार्यले फिल्मबाट सर्वोत्कृष्ट छायांकारको अवार्ड जितेका थिए । तीन मुख्य विधामा मनोनित थियो । रविन, विमल सुवेदी र उत्तम केसीको संयुक्त लगानी रहेको फिल्म दिदी भाईको आत्मीय सम्बन्धमा आधारित छ ।

हेर्नूस ट्रेलर ः