Exclusive: प्रतिक्षित फिल्म ‘लुट २’को ट्रेलर रिलिज | तपाईको मन जित्न सक्छ, हेर्नुहोस्

Exclusive: प्रतिक्षित फिल्म ‘लुट २’को ट्रेलर रिलिज | तपाईको मन जित्न सक्छ, हेर्नुहोस्

द सिनेमा टाइम्स
0
Shares

निश्चल बस्नेत निर्देशित फिल्म लुट २ को ट्रेलर रिलिज भएको छ । हाईलाइट्स नेपालको युट्युब च्यानल बाट लुट २ को ट्रेलर सार्बजनिक भएको हो, नेपाली फिल्मका दर्शक माझ ट्रेलर निकै प्रतिक्षित थियो ।

झन्डै चार बर्ष अघि रिलिज भई निकै सफल एबं चर्चामा आएको क्राईम थ्रिलर सिनेमा लुटको सिक्वेल लुट २ हो,  फस्ट लुक टिजर र ठमेल बजार गीत रिलिज भए संगै निकै चर्चामा रहेको फिल्मको ट्रेलर कस्तो बन्छ भन्ने धेरैको जिज्ञासा अनि प्रतिक्षा थियो जुन आज मेटिएको छ  । ट्रेलर हेर्दा लाग्छ फिल्मको मेकिंग निकै स्तरीय छ भने कलाकारहरुको अभिनय पनि तारिफ योग्य छ ।

फागुन १३ गते प्रर्दशनमा आउने लुट २ मा पनि उही पुराना कलाकारहरु दोहोरिएका छन । सौगात मल्ल, दयाहांग राई ,कर्म, सुशील पाण्डे , ऋचा शर्मा, प्रविन खातिवड़ा, बिपिन कार्की यसका मुख्य पात्रहरु हुन् । लुट २ मा पहिले झैँ  यसपाली पनि कलाकारहरुका  दमदार डाईलग समाबेस  छन खतरनाक स्टन्टका दृश्य पनि लुट २ मा छ र फिल्मको मेकिंगमा कुनै कसर बाकी नराखिएको पनि ट्रेलरले देखाउछ ।

पहिले लुट निर्माण गरेका माधब वाग्ले र नरेन्द्र महर्जन नै यसका पनि निर्माता हुन्, वाग्लेको सिनेमा निर्माण कम्पनी प्रिन्सेस मुभिजले ब्ल्याक हर्ष पिक्चर्स र पपकर्न पिक्चर्स संग सहकार्य गरि लुट २ निर्माण गर्न लागेको हो । निर्देशक बस्नेतकै कथामा बन्ने यो सिनेमालाई पनि पुरुषोत्तम प्रधानले खिचेक हुन् भने, सुरेन्द्र पौडेल यसका सम्पादक हुन् । त्यस्तै कालीप्रसाद बास्कोटा र रोशन थापाले फिल्ममा संगीत दिएका छन् ।

लुट सुपरहिट भएपछी यसका कलाकारहरु सौगात  मल्ल, दयाहांङ राई अहिलेसम्म सिने क्षेत्रमा व्यस्त अभिनेताको सुचीमा पर्छन भने निर्देशक निश्चल बस्नेतलाई पनि स्थापित निर्देशक बनाएको थियो । लुट २ बर्ष २०७३ कै सबैभन्दा प्रतिक्षित सिनेमा बनेको छ, सामाजिक संजालहरुमा यसको ब्यापक चर्चा पनि देखिएको छ ।