अन्तर्राष्ट्रीय फिल्म महोत्सब धरानमा, महानायक पनि निर्णायक समितिमा |

अन्तर्राष्ट्रीय फिल्म महोत्सब धरानमा, महानायक पनि निर्णायक समितिमा |

द सिनेमा टाइम्स
0
Shares

 अखिल नेपाल चलचित्रकर्मी संघले   अन्तर्राष्ट्रीय   फिल्म महोत्सब नेपाल  –२०१७’ मा १५ देशका ४६ फिल्म प्रदर्शन गर्ने  भएको छ ।यो महोत्सब आगामी पुष २७ देखि माघ २ गते (११ देखि १५ जनवरी) सम्म धरानमा आयोजना गरिने छ ।

यसका लागी २२ देशबाट झन्डै २ सय छोटा फिल्मले आबेदन दिएका थिए जसमध्य जम्मा ४६ वटा मात्र मध्य छानिएका हुन् ।धरानस्थित सभा गृहको प्रेक्षालयमा आयोजना हुने महोत्सवको प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने पनि बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईयो ।

महोत्सवको पाँच सदस्यीय निर्णायक समिति बनाईएको छ जसमा  चीनका बरिष्ट फिल्म निर्देशक सेई फी, फ्रान्सका फिल्म प्रध्यापक ड्रागन मिलिन कोभिक, नेपालका  महानायक राजेश हमाल, नेपालकै अग्रज निर्देशक लक्ष्मीनाथ शर्मा र भारतकी छायाँकार फाओजिया रहेका छन् ।अवार्डका संयोजक केपी पाठकले दर्शकलाई अन्तर्राष्ट्रिय स्तरका फिल्म हेर्ने अबसर जुटाउँदै विश्वका सिनेकर्मीसँग बहस गर्दै प्रादेशीक रुपमा चलचित्रको विकाशका लागि प्रोत्साहन मिलोस भन्ने चाहनाले महोत्व धरानमा गर्न लागेको बताए ।महानायक राजेश हमालले महोत्सबले अन्तराष्ट्रिय फिल्मको संस्कृति आदन प्रदानमा सहयोग पुग्ने बताए ।महोत्सबमा बिभिन्न शिर्षकमा अवार्ड वितरण गरिने छ, जसका विधाहरु यसप्रकार छन्:

नेपाल पानोरमा 
– बेस्ट फिचर फिल्मका लागि ५० हजार रुपैयाँको राशी र ट्रफी सहितको ‘श्रीजँगा अवार्ड’
– बेस्ट डक्युमेन्ट्रीका लागि ३० हजार रुपैयाँ राशी र ट्रफी सहितको ‘रामप्रसाद राई अवार्ड’
– बेस्ट सर्ट फिल्मका लागि ३० हजार रुपैयाँ राशी र ट्रफी सहितको ‘चतुरमान राजबँशी अवार्ड’
अन्तर्राष्ट्रिय प्रतिस्पर्धा 
– बेस्ट फिचर फिल्मका लागि १ हजार अमेरिकी डलर राशी र ट्रफी सहितको ‘गौतमबुद्ध बेस्ट फिचर फिल्म अवार्ड’
– बेस्ट डक्युमेन्ट्रीका लागि ५ सय अमेरिकी डलर राशी र ट्रफी सहितको ‘माउन्ट एभरेन्ट बेस्ट डक्युमेन्ट्री अवार्ड’
– बेस्ट सर्ट फिल्मका लागि ३ सय अमेरिकी डलर राशी र ट्रफी सहितको ‘रारा बेस्ट सर्ट फिल्म अवार्ड’