‘छक्का पञ्जा २’ हैन ‘छक्का पञ्जा फेरी’

‘छक्का पञ्जा २’ हैन ‘छक्का पञ्जा फेरी’

द सिनेमा टाइम्स
0
Shares

यस वर्ष सर्वाधिक वक्सअफिस कलेक्सन गरेको ‘छक्का पंन्जा’को सिक्वल बन्ने दीपक राज गिरी र दीपाश्री निरौलाले होलीको दिन सार्वजनिक गरे।

सो समयमा सिक्वलको नाम ‘छक्का पन्जा २’ रहने बताएको भए पनि हाल आएर फिल्मको नाममा केहि परिवर्तन गरिएको छ। अब सिक्वलको नाम ‘छक्का पन्जा फेरी’ तय भएको छ।

फिल्ममा अधिकांश कलाकार पहिलो सिक्वलबाटै हुने उनीहरूले बताइसकेका छन्। ती कलाकार बाहेक १ नायक तथा नायिका भने नयाँ हुने बताइएको छ। फिल्म वैशाखबाट फ्लोरमा जानेछ।

फिल्मको घोषणासँगै नेपाली फिल्म बजारमा पहिलो फिल्म जस्तै दोस्रोले कति कमाइ गर्ला भने अनुमानहरू सुरू भइसकेका छन्। फिल्ममा के कथा होला भन्नेमा दर्शकहरूमा कौतुहल्ता भने सिक्वलको घोषणाले पक्कै बढाएको हुनुपर्छ।