‘कारखाना’ रिलिज घोषणा

सुशिल श्रेष्ठ र बर्षा शिवाकोटी स्टारर फिल्म ‘कारखाना’को अफिसियल प्रदर्शन मिति तय भएको छ ।  अमरदिप सापकोटा निर्देशित  फिल्मको पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले  अर्को बर्षको जेठ ५ मा  प्रदर्शन मिति तय गरेको छ। सार्वजनिक पोस्टर  शान थापाले तयार पारेका हुन्  । फिल्मको यसअघि सार्वजनिक ‘मायाले बोलेको’ बोलको गीत दर्शक श्रोतामा लोकप्रिय भइसकेको छ ।सुदीप खड्का र अमर बज्राचार्य चलचित्रका  निर्माता हुन्  भने गोविन्द शाहीले फिल्मको वितरण जिम्मा लिएका छन् ।

नोट: हरेक शुक्रवार बेलुका ९ बजे NtvPlus मा कार्यक्रम ‘सिनेमा नेपाल’ हेर्न नभुल्नु होला, हाम्रो यस आधिकारिक website मार्फत पनि Tv Show (सिनेमा नेपाल) हेर्न सकिने छ | साथै एभिन्युज टेलिभिजन मा बिहान ९.३० बाट बेलुकी ९.३० सम्म प्रतेक घण्टा प्रोमो प्रसारण भैरेहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *