Watch: किङ्ग दोश्रो ट्रेलरमा हेर्नुहोस् निखिल र अनुपको एक्सन, पौष २८ गते बिहिबारनै रिलिज हुने

Watch: किङ्ग दोश्रो ट्रेलरमा हेर्नुहोस् निखिल र अनुपको एक्सन, पौष २८ गते बिहिबारनै रिलिज हुने

द सिनेमा टाइम्स
0
Shares

सविर श्रेष्ठ निर्देशित फिल्मकिङ्गको दोश्रो ट्रेलर रिलिज भएको छ ।किङ्गमा एक्सन स्टार  निखिल उप्रेतीको मुख्य भूमिका रहेको छ भने सिनेमामा उनि संगै बेनिशा  हमाल अनि अर्का अभिनेता अनुप बिक्रम शाही  लिड रोलमा छन् ।

दोश्रो ट्रेलर रिलिज संगै फिल्मको नयाँ रिलिज मिती समेत घोषणा गरिएको छ यसअघी पौष २९ गतेलाई रिलिज मिति तोकिएको किंगको रिलिज एक दिन अघि सारिएको छ ।  अब पौष २८ गते किंग प्रर्दशनमा आउने निर्माता जयन श्रेष्ठले जानकारी दिएका छन् 

सार्बजनिक ट्रेलरमा निखिलका आकर्षक एक्सनका दृश्यहरु संगै, प्रेम रोमान्स जस्ता रसहरु देखाईएको छ । अन्य सिनेमा भन्दा यो फिल्ममा निखिल फरक लुक्समा छन्। बेनिशा क्युट गल देखिएकी छिन भने अनुपको एन्ग्री लुक्स संगै आकर्षक डाइलग पनि समाबेस छ । त्यस्तै ट्रेलरमा अर्का अभिनेता  प्रज्वल गिरी समेत देखिएका छन् । यो सिनेमाको मेकिंग स्थरिय छ भन्ने कुरा पनि ट्रेलरले देखाएको छ र राम्रो प्रतिफल आउने आशा समेत गर्न सकिन्छ 

Watch The Trailer:

जे.एस. इन्टरटेनमेन्टको ब्यानरमा निर्मित फिल्म पुराना फिल्म निर्माता जगन श्रेष्ठको प्रस्तुतिमा जयन श्रेष्ठले निर्माण गरेका हुन् । झन्डै करोड माथीको बजेटमा निर्माण भएको यो सिनेमाको मेकिंग र हरेक पक्ष बाट राम्रो बनाउन आफुले मेहनत गरेको निर्माता श्रेष्ठले बताएका छन्  काठमाडौं, लुम्बिनी तथा नगरकोट लगायतका स्थानमा सिनेमाको छायांकन गरिएको छ ।

फिल्ममा रोशन श्रेष्ठको एक्सन ,दिनेश सुनाम र वसन्त सापकोटाको संगीत, रामजी लामिछानेको कोरियोग्राफी तथा सञ्जय लामाले सिनेमाट्रोग्राफी रहेको छ।