मनोज केसीले लण्डनमा कलिउड सिनेमा अवार्ड आयोजना गर्ने

मनोज केसीले लण्डनमा कलिउड सिनेमा अवार्ड आयोजना गर्ने

द सिनेमा टाइम्स
0
Shares

धेरै पटक बिदेशमा फिल्म अवार्ड आयोजन गरि सफलता कमाएका लचित्र प्राविधिक संघका पुर्व अध्यक्ष तथा संचारकर्मी मनोज केसीले ‘सातौ कलिउड सिनेमा अवार्ड’ आयोजना गर्ने भएका छन्  । लण्डनमा  गरिने यो अवार्डको शनिबार पत्रकार सम्मेलनको गर्दै उद्घोष गरिएको हो ।

संगिक्षा फिल्मस्को प्रस्तुतिमा लण्डनको थर्ड आइ संगको सहकार्यमा यो अवार्ड लण्डनमा सम्भवतः अंग्रेजी मे महिनामाआयोजना हुनेछ ।  कार्यक्रममा बोल्दै अवार्डका प्रमुख केसीले बिदेशमा नेपाली चलचित्रको विकास र विस्तारका लागि अवार्ड गर्न लागेको बताए । नेफ्टामा आफु आएपछि ‘कलिउड सिनेमा अवार्डको श्रृङ्खलालाई रोकेर ‘नेफ्टा अवार्ड’ आयोजना गरेको बताउँदै मनोजले अब रोकिएको अवार्डलाई निरन्तरता दिने बताए ।

अर्का आयोजक  तथा थर्ड आइ’ का सदस्य अजय राइले अवार्डलाई भव्य बनाउन आफुहरुले कुनै कसर बाँकी नराख्ने बताए, बिदेशमा नेपाली फिल्मको मार्केट बनाउने आफुहरुको प्रयास रहने पनि उनले थपे ।  यस्तै, संसरा मनी ट्रान्सफरका संचालक राजाराम गिरीले नेपाली चलचित्रलाई मजबुत बनाएर लण्डनमा अवार्ड गरिनु पर्ने बताए ।

उक्त कार्यक्रममा चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, निर्माता केशव भट्टराई, नायक निखिल उप्रेती, सेन्सर बोर्ड सदस्य सन्दिप सापकोटा लगायतले अवार्डलाई सफलताको शुभकामना दिए । मुख्य १५ विधामा यो अवार्ड वितरण गरिने छ जसमा नेपालबाट चर्चित हस्तीहरु सहभागी हुन् लण्डन जानेछन् ।