‘लाल्टिन’ आईटम गीत सार्वजनिक [भिडियो]

चलचित्र ‘लाल्टिन’को आईटम गीत ‘चमेली’ सार्वजनिक भएको छ ।  प्रियंका कार्कीलाई बोल्ड अवतारमा प्रस्तुत गरिएको यो गीतमा स्वर आस्था राउतको छ । दयाहाङ्ग र प्रियंका मुख्य भुमिकामा प्रस्तुत भएको चलचित्र ‘लालटिन’लाई देवकुमार श्रेष्ठले निर्देशन गरेका हुन् । अनिम श्रेष्ठ र राज केसीको निर्माण तथा भानु  प्रतापको प्रस्तुती रहेको चलचित्र ‘लालटिन’लाई आशलाग्दो चलचित्रको रुपमा हेरिएको छ । किरण माईकलको शब्द रहेको यो गीतमा संगीत भने किरण तुलाधारको छ ।  चलचित्रमा केकी अधिकारी, अर्जुनजंग शाही, निर्जन थापा  ए गुरुङ्ग, शिशिर भण्डारी, भानुप्रतापको पनि अभिनय रहेको छ । ‘लालटिन’जेठ २६ बाट रिलिज हुदै छ  ।

नोट: हरेक शुक्रवार बेलुका ९ बजे NtvPlus मा कार्यक्रम ‘सिनेमा नेपाल’ हेर्न नभुल्नु होला, हाम्रो यस आधिकारिक website मार्फत पनि Tv Show (सिनेमा नेपाल) हेर्न सकिने छ | साथै एभिन्युज टेलिभिजन मा बिहान ९.३० बाट बेलुकी ९.३० सम्म प्रतेक घण्टा प्रोमो प्रसारण भैरेहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *