‘लाल्टिन’ जेठ २६ देखि बल्ने (टिजर सहित)

‘लाल्टिन’ जेठ २६ देखि बल्ने (टिजर सहित)

द सिनेमा टाइम्स
0
Shares

फिल्म ‘लाल्टिन’ आउँदो बर्षको जेठ २६ गतेदेखि  प्रदर्शनमा आउने भएको छ । टिजर रिलिज गर्दै ‘लाल्टिन’ को नयाँ प्रदर्शन मिति सार्वजनिक गरिएको हो । भानु प्रताप निर्मित फिल्म ‘लाल्टिन’ को सुरुमा चैत १८ गतेलाई प्रदर्शन मिति तोकिएको थियो । तर अभिनेता दयाहाङ राई अभिनित फिल्महरु लगातार प्रदर्शन हुने भएपछि ‘लाल्टिन’ लाई अर्को वर्ष सारिएको हो । देव कुमार श्रेष्ठ निर्देशित फिल्ममा अर्जुन जंग शाही, ए.गुरुङ, शिशिर भण्डारी सहित नव प्रस्तुतीको रुपमा राज कटुवाल र निरजन थापाको  अभिनय रहेको छ । अनिम श्रेष्ठ र राज केसी निर्माताको रुपमा रहेका छन् भने सह निर्माताको रुपमा मनोजराज भण्डारी र दिपक श्रेष्ठ रहेका छन् । ‘लाल्टिन’ लाई निर्माण पक्षले देशको वर्तमान स्थिति झल्काउँने फिल्म भनेको छ । दयाहाङ राई, प्रियंका कार्की र केकी अधिकारी स्टारर फिल्मको टिजर हेर्नुस् ः