‘लम्फू’को औपचारिक निर्माण घोषणा

‘लम्फू’को औपचारिक निर्माण घोषणा

द सिनेमा टाइम्स
0
Shares

गोपालचन्द्र लामिछानेको निर्देशन रहने चलचित्र ‘लम्फू’को औपचारिक निर्माण घोषणा भएको छ । राजधानीमा चलेको हप्तौँ लामो ‘वर्कसप’ र फ्लोरमा जाने निश्चिततापछि निर्माण टिमले ‘कास्ट एण्ड क्रियू’ सार्वजनिक गर्दै चलचित्र घोषणा गरेको हो ।शक्तिवल्दव घोरासिनी निर्माता रहने चलचित्रमा कबिर खड्का, मरिस्का पोखरेल, सलोन बस्नेत, चाँदनी शर्मा, सञ्जित भण्डारी, ओम गुरुङ, कुशाग्र भट्टराई लगायत प्रमुख अभिनयमा रहनेछन् । पपुलर मल्टिमिडियाको ब्यानरमा बन्ने फिल्मको लेखन भूपतिको हो । उक्त ब्यानरबाट यसअघि चलचित्रहरु ‘किन लाग्छ माया’, ‘बोक्सी’ र ‘दि मिरर’ निर्माण भईसकेका छन् साथै पुनम ईन्टरटेन्मेन्टको सहकार्यमा ‘ओ माइ म्यान’ नामको लघु चलचित्र पनि निर्माण गरिसकेको छ ।
सुखी र सम्पन्न जीवन जिउँने लक्ष्यका साथ शहर पसेको एक युवकको जीवनका यात्रा सुरु भए पश्चात उत्पन्न हुने आरोह अवरोहको कथा फिल्मले बोल्नेछ । अर्जुन पोखरेलको संगीत रहने चलचित्रमा द्वन्द्व अष्ट महर्जनको रहनेछ भने दिपक बज्राचार्यको छायांकन तथा हरि सिलवालको सम्पादन रहनेछ । नृत्य निर्देशनमा रामजी लामिछाने छन् ।पुनम ईन्टरटेन्मेन्टको कस्ट्युम डिजाईन रहने चलचित्रलाई ४० दिन भित्र खिचिसक्ने लक्ष्य निर्माण टिमले राखेको छ । यसै साताबाट फ्लोरमा जाने निर्देशक लामिछानेले बताए । पश्चिम नेपालको पर्वत र काठमाडौंमा ‘लम्फू’ खिचिनेछ ।चलचित्रमा समावेश हुने गीतहरुमा प्रमोद ढुङ्गाना, नरेश भट्टराई, युवराज सापकोटा र दिग्गज धौरालीका शब्द रहनेछन् ।’लम्फू’बाट डेब्यू गर्न लागेका कबिर अस्कर कलेजका स्नातक हुन् ।