‘ठमेल बजार’ले पनि यूट्यूबमा कटायो एक करोड

‘ठमेल बजार’ले पनि यूट्यूबमा कटायो एक करोड

द सिनेमा टाइम्स
0
Shares

यस वर्षको सर्वाधीक प्रतक्षित मानिएको फिल्म ‘लुट २’को ‘ठमेल बजार’ गीत यूट्यूवमा एक करोड पटक हेरिएको छ।‘वडा नम्बर ६’को ‘सुर्के थैली खै’ र ‘छक्का पन्जा’को ‘पूर्व पश्चिम रेल’पछि ‘ठमेल बजार’ गीतले पनि युटुबमा १ करोड भन्दा बढी पटक हेरिएको तेस्रो नेपाली फिल्म गीत बनेको हो।

सार्वजनिक भएको ४ महिनामै यो गीत युटुबमा १ करोडको संख्या कटाएको हो। कालिप्रसाद बास्कोटा, मिना निरौला र भानुभक्त ढकालको स्वर रहेको यो गीतको भिडियोमा मोडल एलिसा राइले आइटम डान्स रहेको छ।निश्चल बस्नेत निर्देशित फिल्म आउँदो शुक्रबार रिलिज हुँदैछ।