Watch: ‘लभ साशा’ ट्रेलर रिलिज, अब केकी र कर्मा पनि फिल्म निर्माता !

Watch: ‘लभ साशा’ ट्रेलर रिलिज, अब केकी र कर्मा पनि फिल्म निर्माता !

द सिनेमा टाइम्स
0
Shares

कर्मा शाक्य र केकी अधिकारी अभिनित एबं प्रचण्डमान श्रेष्ठ निर्देशित फिल्म ‘लभ साशा’को ट्रेलर रिलिज भएको छ । 

यो फिल्मले त्रिकोणात्मक प्रेमकथा कथा पेश गर्छ, फिल्मको ट्रेलरमा समेत माया प्रेमको ट्वीष्ट, रोमान्स अनि प्रेम पीडाहरु देखाउन खोजिएको छ  ।  हेरेका जातिले ट्रेलर कलरफुल रहेको र राम्रो फिल्म बनेकोमा आशा गरेका छन्  ।

Watch Trailer Here:

फिल्ममा सिवानी चालिसे, रश्मि भट्ट, बिकाश जोशी र आशिफ शाहको समेत अभिनय छ । प्रिन्सेस मुभिजको प्रस्तुतिमा फिल्मलाई माधव वाग्लेले निर्माण गरेका हुन् । वाग्लेले आफ्नो फिल्मले ५१ दिन र १०० दिन नमनाउने तर २१ दिन अर्थात्  तिन हप्ता मात्र राम्ररी चले पनि लगानी उठाउने भन्दै आशाबादी देखिए ।

‘लभ सासा’ यहि पौष २८ मा अलनेपाल रिलिज हुदैछ, निर्माण युनिटले ट्रेलर रिलिज संगै पब्लिसिटी सुरु गर्ने बताएको छ । बुधबार आयोजित ट्रेलर तथा गीत रिलिज कार्यक्रममा फिल्मका मुख्य कलाकार कर्मा भने उपस्थित थिएनन् ।

रोचक कुरा त यो पनि छ की फिल्ममा अभिनेत्री केकी र अर्का अभिनेता कर्मा र छयांकार शिवराम श्रेष्ठको पनि फिल्ममा लगानी छ । उनीहरु फिल्मका कार्यकारी निर्माता हुन्, जानकारीमा आएअनुसार उनीहरुले फिल्म गरे बापतको पारिश्रमिकमा केहि प्रतिशत रिलिज पछी आउने गरि लगानी गरेका हुन् ।