नेफ्टाले महासचिव आचार्यलाई कार्वाही गर्ने

नेफ्टाले महासचिव आचार्यलाई कार्वाही गर्ने

द सिनेमा टाइम्स
0
Shares

महासचिव सुरज आचार्यलाई नेपाल चलचित्र प्राविधिक संघ नेफ्टाले अनुशासनको कार्वाही गर्ने बुझिएको छ । स्रोतका अनुसार दुबई अवार्ड छेकोमा उनीमाथि मयार्दा उल्लंन गरेका गम्भिर प्रमाण उपलब्ध छन् । काठमाडौंदेखि यात्रु लिएर दुबईतर्फ सवार फ्लाइ दुबईको विमानभित्रै उनले चुरोट सल्काएपछि विमान कर्मचारीले उनको राहदानी र कागजपत्र कब्जामा लिएका थिए । अध्यागमनमै उनी मदिराले असन्तुलित थिए । प्लेनभित्र चुरोट पिउनु उडान नीति बिपरित मानिन्छ । ब्यापक गुनासोपछि उनीमाथि नेफ्टा कार्यसमितिलाई कार्वाही गर्नुपर्ने चर्को दबाब थियो ।

‘अध्यक्ष पुष्कर लामा दुबईबाट फर्कने वित्तिकै बस्ने कार्यसमितिले उनलाई अनुशासनको कार्वाहीसहित समितिबाट निष्कासन गर्न सक्छ’ स्रोतले भन्यो । कार्यसमिति बैठकमा आचार्यमाथि विमान देखि रक्सी काण्डसम्मका प्रश्नोत्तर गरिने बुझिएको छ । प्लेनभित्रै आगो सल्काएर चुरोट पिएको खबर व्यापक फैलिएको थियो जसले गर्दा नेफ्टा संस्थाबाटै निलम्बन गर्नुपर्ने बाध्यात्मक अवस्थामा थियो । काठमाडौं फर्किएको भोलिपल्ट नै उनले नैतिकताको आधारमा राजिनामा दिएको विषयसहितको पत्र सार्वजनिक भएको थियो । स्रोतका अनुसार अध्यक्ष लामा काठमाडौं फर्कने वित्तिकै कार्वाही गर्ने गोप्य सूचना थाहा पाएपछि आचार्य हतारिएर राजिनामाको मुडमा पुगेको बुझिएको छ । ‘अवार्ड अगाडि नै आचार्यलाई कार्वाही गर्ने योजना थियो तर, यो मितिसम्म कुरेका हौं’ स्रोतले भन्यो ।