युएई राजुकमार शेख सुल्तान द्वारा नेफ्टा अवार्ड को प्रशंसा

युएई राजुकमार शेख सुल्तान द्वारा नेफ्टा अवार्ड को प्रशंसा

द सिनेमा टाइम्स
0
Shares

युएई राजुकमार शेख सुल्तान समेत उपस्थित नेफ्टा अवार्डलाई राम्रो प्रशंसा मिलेको छ । उनी मुख्य अतिथि रहेको अवार्ड समारोहमा घरेलु फिल्मका हु इज हु उपस्थित रहे । ४ करोड बजेटको अवार्डको व्यवस्थापन यति सशक्त थियो कि जहाज, बसाइ, खाना र आरामका लागि कम्प्रमाइज थिएन । ५ लाख नेपाली श्रमिक कार्यरत युएईको आर्थिक राजधानीमा भएको अवार्डलाई स्थानिय कन्सेप्ट भिजन र स्पेक्ट्रम मिडियाले हातेमालो गरेका थिए । अध्यक्ष पुष्कर लामाले अवार्डलाई ऐतिहासिक बताए । निकै महंगो मानिएको लिजोमिन कारमा सेलेव्रिटीलाई राखेर सतुवास्थित रोटाना होटलदेखि आइसल्यान्ड रिंकसम्म लगिएको थियो जहाँ अवार्डको दुर्लभ दृश्य प्रस्तुत भए । तीन दिन लामो बसाइमा नेपालबाट पुगेका १ सय २० सेलेब्स, मिडिया र प्राविधिक सहभागि थिए
नेपालीसहित भारतीय, अरबी र बंगाली दर्शकसमेत कार्यक्रममा पुगेका थिए । ‘हामीले नेपाली फिल्मको बाउन्ड्रीलाई तोडेका छौं र अन्तराष्ट्रियकरणमा क्रियाशिल छौं’ अध्यक्ष लामाले भने । ’अजमरका राजकुमार नै उपस्थित हुनु हाम्रा लागि गौरवान्तित कुरा हो’ कन्सेप्ट भिजनका प्रमुख सालिक सुवेदीले भने, ‘पैसा कमाउनेभन्दा पनि, नेपाली फिल्मको अवार्डलाई स्तरियता प्रदान गर्नेतर्फ हामी केन्द्रित छौं ।’
उनीहरु राजन अधिकारी र अनिशसिंह ठकुरी समेत आयोजनामा सक्रिय थिए । यही टीमले सिंगो मध्यपूर्वमा घरेलु फिल्मको व्यवसायिक प्रदर्शन सुरुआत गरेको हो । दुबईमा अहिले पनि छक्का पञ्जा प्रदर्शनरत छ । स्रोतका अनुसार युएई राजकुमार समारोहमा एकछिन बसेपनि अवार्डको प्रशंसा गरेका थिए ।