डान्स रिहर्सल गर्दै महानायक !, नेफ्टा अवार्डमा दिनेछन् प्रस्तुति

डान्स रिहर्सल गर्दै महानायक !, नेफ्टा अवार्डमा दिनेछन् प्रस्तुति

द सिनेमा टाइम्स
0
Shares

धेरै बर्ष भयो महानायक हमालले अल्लारे फिल्ममा ‘रातो टीका निधारमा…’ भन्दै कम्मर मर्काएको । यो गीतमा नृत्य गरेको झन्डै डेढ दशक बढी बितिसक्दा फेरी उनि यहि गीतमा नाच्दै गरेको देखिए । यो गीतमा उनि फेरी नाच्नुमा एउटा कारण छ जुन कारण हो दूबईमा आयोजना हुदै गरेको नवौं नेफ्टा अवार्ड ।
rajesh hamal
हो महानायक हमाल नेफ्टा अवार्डमा आफ्नो पुरानो हिट गीतमा फेरी एकपटक नृत्य प्रस्तुत गर्दैछन । उनलाई अर्की अभिनेत्री मलिन जोशीले नृत्यमा साथ् दिदै छिन । हमालको नृत्य रिहलशर्लमा समेत मलिना संगै मुस्कुराउदै उनलाई साथ् दिदै थिईन ।राष्ट्रिय नाचघरको प्रेक्षालयमा डान्स रिहर्सलका लागि हमाल क्याजुअल गेटअपमा पुगेका थिए । हमालले आफु पहिलोपटक कुनै अवार्डमा नाच्न लागेको र अलग अनुभूति भैरहेको बताए । हमालले भने, ‘पोहोर व्यक्तिगत कारणले कतार जान सकिँन तर, यसपटकको अवार्डलाई सफल बनाउन मेरो योगदान हुनेछ ।rajesh hamal
’ नेफ्टासँग आफ्नो भावनात्मक सम्बन्ध रहेको पनि उनले बताए । मलेसिया अवार्डमा नेफ्टाले नै उनलाई महानायक उपाधि दिएको थियो ।उता नेफ्टा अध्यक्ष पुष्कर लामाले अवार्डको अन्तिम तयारी भैरहेको बताए । ‘नेफ्टा फिल्मलाई अन्तराष्ट्रियकरण गर्ने र अवार्डलाई क्वालिटी तुल्याउने काममा प्रतिबद्ध छ’ लामाले भने, ‘नेपालबाट १ सय २० सेलेव्रिटीसहितका पाहुना लगेर हामीले सभ्य र भव्य अवार्ड गर्नेछौं ।

अवार्डका लागी हमाल संगै, करिश्मा मानन्धर, पूजा शर्मा ,सलोन बस्नेत, साम्राज्ञी शाह, अनुप, रोहित रुम्बा, रीस्ता बस्नेत, छुल्ठिम गुरुङ, माला लिम्बु लगायतलाई कोरियोग्राफर नरेशबीर सिंहले नृत्य पूर्वभ्यास गराईरहेका छन् । नेपाल, मलेसिया, हङकङ र कतारपछि नवौं संस्करण मध्यपूर्वी देश दुबईमा हुन लागेको हो ।

नोट: हरेक शुक्रवार बेलुका ९ बजे Ntv Plusमा कार्यक्रम ‘सिनेमा नेपाल’ हेर्न नभुल्नु होला, साथै हाम्रो यस आधिकारिक website मार्फत पनि Tv Show (सिनेमा नेपाल) हेर्न सकिने छ.. साथै एभिन्युज टेलिभिजनमा बिहान ९.३० बाट बेलुकी ९.३० सम्म प्रत्येक घण्टा  एभीन्युज cine premiere प्रसारण भैरेहेको  छ ।