निखिल नीताको ‘निर्भय’ गीत रिलिज (भिडियो)

निखिल नीताको ‘निर्भय’ गीत रिलिज (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

चैत्र ११ लाई प्रदर्शन मिति तय गरेको फिल्म ‘निर्भय’को प्रेमभावको गीत रिलिज गरिएको छ । रिलिज आउन एक महिना मात्र रहँदा बुधबार फिल्ममा समावेश ‘मेरो हर सासमा’ बोलको गीत निर्माण टिमले बाहिर ल्याएको हो । रोजी लाबुङ राईको शब्द समावेश गीतमा स्वर ताराप्रकाश लिम्बु र रजिना रिमालको छ । सुन्दर लोकेशनमा खिचिएको गीतमा संगीत पनि ताराप्रकाशले नै भरेका छन् । रामजी लामिछाने कोरियोग्राफर हुन् । मधुसुदन भट्टराईको निर्देशन रहेको फिल्मका निर्माता देविप्रसाद पाण्डे हुन् । ‘निर्भय’मा निखि र नीतासँगै विकास चापागाईं, सुशिल पोखरेल, प्रज्वल गिरी, प्रदिप ढकाल, रश्मी भट्ट लगायत अभिनयमा छन् ।