पोस्टर सार्वजनिक गर्दै ‘निर्भय’ रिलिज घोषणा

पोस्टर सार्वजनिक गर्दै ‘निर्भय’ रिलिज घोषणा

द सिनेमा टाइम्स
0
Shares

एक्शन स्टार निखिल उप्रेती स्टारर फिल्म ‘निर्भय’ को औपचारिक रिलिज तय भएको छ । यसअघि माघ २८ तय गरिएको रिलिजमा फेरबदल गर्दै निर्माण टिमले नयाँ मिति तय गरेको हो । अब फिल्म आगामी चैत्र ११ मा रिलिज लक भएको छ ।माघ महिनामा नै निखिलको अर्को फिल्म ‘किङ’ रिलिज हुने भएपछि पर्दामा केहि समयको अन्तर आवश्यकता गर्दै ‘निर्भय’ रिलिज चैत्र ११ लाइ लक गरिएको निर्देशक मधुसुदन भट्टराईले बताए । फिल्मको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै रिलिज तय गरियो । सार्वजनिक दुई पोस्टरमा निखिलको ‘एङ्ग्री लुक्स’ समावेश छ भने अर्को पोस्टरले अभिनेत्री नीता ढुङ्गानासँगको प्रेमभाव बोल्छ ।

प्रसिद्धी सिने आर्ट्सको व्यानरमा बनेको फिल्मका निर्माता देवीप्रसाद पाण्डे हुन् । निखिल र नीतासँगै विकास चापागाईं, प्रज्वल गिरी, सुशिल पोखरेल, विशाल पहारी, प्रदिप ढकाल,  प्रकाश न्यौपाने, मेन्दी बाबु, रश्मी भट्ट, कृष्ण शिवाकोटी लगायत ‘निर्भय’मा अभिनयमा छन् ।हिमाल केसीको द्वन्द्व समावेश फिल्मलाई रामशरण उप्रेतीले खिचेका हुन् । ‘निर्भय’मा नृत्य निर्देशन रामजी लामिछानेको छ भने संगीत अर्जुन पोखरेल र ताराप्रकाश लिम्बुको छ । वनिश शाह र भुपेन्द्र अधिकारीले  सम्पादन गरेको फिल्मको सार्वजनिक पोस्टर सान थापाले तयार गरेका हुन् । फिल्मलाई रोहित कट्टेल र रत्न श्रेष्ठको कम्पनि आर आर फिल्मस् ले वितरणको जिम्मा लिएको छ । ‘निर्भय’ को कथा यम थापाको हो ।