निर्देशन गर्छु भन्ने निशाले फिल्म निर्माण गर्ने, सिमोशको निर्देशनमा सौगात र बेनिशा लिडमा

निर्देशन गर्छु भन्ने निशाले फिल्म निर्माण गर्ने, सिमोशको निर्देशनमा सौगात र बेनिशा लिडमा

द सिनेमा टाइम्स
0
Shares

धेरै भयो अभिनेत्री निशा अधिकारीले फिल्म निर्देशन गर्छु भनेको पनि । अमेरिकामा फिल्म सम्बन्धी बिशेष कोर्ष गरेकी निशाले निर्देशनको सुरुवात स्वरुप म्युजिक भिडियो त निर्देशन गरिन् तर अहिले सम्म उक्त भिडियो हेर्न भने पाएका छैनौं ।  

हामीलाई यस्तो जानकारी आएको छ की निशा फिल्म त बनाउदै छिन् तर निर्देशक भएर होईन् निर्मात्री बनेर । प्राप्त जानकारी अनुसार निर्देशक सिमोश सुनुवारसंग मिलेर उनले फिल्म निर्माण गर्दैछिन्, यो अनटाइटल प्रोजेक्टमा दुबैको लगानी रहने छ जसको सुटिंग आगामी माघ बाट सुरु गरिने छ ।

सिमोसकै निर्देशन बनेको फिल्म ‘मिसन पैसा २’मा पनि निसाले अभिनय  गरेकी थिईन । जानकारीमा आए अनुसार छायाँकन स्थलको छनौटको लागि निर्देशक सिमोस र निशा अहिले लम्जुङको घले गाउँमा छन् ।

यो पनि जानकारीमा आएको छ की फिल्ममा सौगात मल्ल र वेनिशा हमाल लिड रोलका लागी अनुबन्धित समेत भई सकेका छन् । कमेडी जनरामा बन्ने फिल्मको कथा प्रदिप भारद्वाजको छ ।