सकियो नम्रताको ‘पर्व’

सकियो नम्रताको ‘पर्व’

द सिनेमा टाइम्स
0
Shares

‘पर्व’ फिल्मको सुटिङ प्याकअप भएको छ। फिल्म ४० दिनमा प्याकअप भएको हो। फिल्म चैत २५ गते रिलिज हुनेछ। दिनेश राउतको निर्देशन रहेको फिल्ममा नम्रता श्रेष्ठ, कोशिश क्षेत्री, माला लिम्बु आदिको अभिनय रहेको छ। निर्माणपक्षका अनुसार एक गीतको आधा छयाँकन भने बाँकी रहेको छ।फिल्मले एउटा पर्वमा घटेको घटनापछि घट्ने कथा भन्छ। फिल्म गोपीकृष्ण इन्टरटेन्मेन्ट तथा सुभास इन्टरटेन्मेन्टको संयूक्त निर्माणमा बनेको हो। फिल्मको छिट्टै ट्रेलर रिलिज गर्दै तीब्र प्रचारप्रसार थालिने बताइएको छ।पर्वको निश्चल बस्नेत फिचरिङ रहेको ‘काले दाइ’ बोलको गीत यतिबेला दर्शक-श्रेतामाझ लोकप्रिय रहेको छ।