थाइल्यान्ड र म्यानमारको सुटिङ सकेर फर्कियो  ‘प्रेमगीत २’, सेट लगाएर क्लाइमेक्स खिचिने

थाइल्यान्ड र म्यानमारको सुटिङ सकेर फर्कियो  ‘प्रेमगीत २’, सेट लगाएर क्लाइमेक्स खिचिने

द सिनेमा टाइम्स
0
Shares

म्यानमार र थाइल्यान्ड छायाँकन सकेर ‘प्रेम गीत २’ नेपाल फर्किएको छ। फिल्मको म्यानमार तथा थाइल्यान्डका अलावा काठमाडौं, पोखरा, लुम्बिनी, सुर्खेत, दैलेख, कालिकोट, जुम्ला र मुगुको रारातलमा सुटिङ गरिएको छ।फिल्मको अब क्लाइमेक्स दृश्य खिचिने छ। निर्माण कम्पनी आशुसेन फिल्मसका अनुसार सेटमा क्लाइमेक्स खिच्ने जनाएको छ।आधादर्जन बर्मेली प्राविधिक लिएर माण्डले पहाड, माण्डले दरबार, ऐतिहासिक पुलमा फिल्मांकन गरियो । ‘विदेश सुटिङले हामीलाई उत्साहित तुल्याएको छ’ निर्माता सन्तोष सेनले भने, ‘अब काठमाडौंमा क्लाइमेक्स छायाँकनलाई तयार छौं।’थाइल्यान्डको पथैया, सिल्भर लेक, कोसिचाङ टापु तथा ५ लाख नेपाली भाषी बसोबास गर्ने म्यानमारको माण्डले सहरमा फिल्मको छायाँकन गरेको छ।म्युजिकल ड्रामा फिल्ममा अश्लेषा ठकुरी र प्रदीप खड्का शीर्ष भुमिकामा छन्। फिल्मलाई रामशरण पाठकले निर्देशन गरिरहेका छन्।