RIP: कलाकार विष्णुभक्त फुयाँलको निधन, ‘यो माई लभ बुढा’ नामले थिए चर्चित

RIP: कलाकार विष्णुभक्त फुयाँलको निधन, ‘यो माई लभ बुढा’ नामले थिए चर्चित

द सिनेमा टाइम्स
0
Shares

चर्चित कलाकार विष्णुभक्त फुयाँल जो टिभी सिरियल तितो सत्यमा अभिनय गरि  ‘यो माई लभ बुढा’का नामले चर्चित थिए उनको  निधन भएको छ । जमल स्थित राष्ट्रिय नाचघरमा मंगलबार नाटक गर्दै गरेको बेलामा स्टेजमा ढलेपछी उनलाई विर अस्पताल लागीएको थियो, उनको त्यहीँ नै निधन भयो ।
उनको निधनको खबर पाए पछी बिर अस्पतालमा अहिले सिनेकर्मीहरु ठुलो संख्यामा जम्मा भएका छन्।  फुयाँलको अन्तिम संस्कार बुधबार गरिने बताईएको छ । उनको परिवारमा तीन छोरा छन् भने पत्निको यसअघि नै निधन भईसकेको छ ।
उनि बौद्ध स्थित पानी ट्याङ्की नजिक घरमा एक्लै बस्दै आएको संचारकर्मी राजन घिमिरेले जानकारी दिए । राजन भन्छन, ”हिजो बिहान मात्र दुध किन्दै गरेको उनीलाई मैले चोकमा देखेको थिए, आज उहाको निधनको खबर सुन्दा स्तब्ध भएको छु ।”
हाम्रो तर्फबाट फुयाँललाई हार्दिक श्रद्धान्जली ।