‘रुद्र’को अफिसियल रिलिज तय

‘रुद्र’को अफिसियल रिलिज तय

द सिनेमा टाइम्स
0
Shares

दि निखिल उप्रेती प्रोडक्शन’को तर्फबाट निर्माण भएको फिल्म ‘रुद्र’को अफिसियल रिलिज तय भएको छ । निर्माता समेत रहेका अभिनेता निखिल उप्रेतीसँगै निर्देशक रामजी लामिछानेले फिल्म अर्को बर्षको साउन २० मा रिलिज हुने बताए ।
गोपालकाजी कायस्थले ‘रुद्र’को वितरण जिम्मा लिएका छन् । यो फिल्ममा एक्सन स्टारको उपमा पाएका निखिल पहिलो पटक पर्दामा खलपात्रको रुपमा देखिँदैछन् भने उदयिमान प्रतिभाको रुपमा लिईएका विश्व र साराले यो फिल्मबाट नव अभिनेता अनि अभिनेत्रीका रुपमा रजतपटमा डेब्यू गर्दैछन् ।

फिल्मका निखिल, विश्व र सारासँगै रोयदिप श्रेष्ठ, जितेन लामा, भाष्कर ओली, ज्याक श्रेष्ठ, रोशन पोखरेल, शिशिर भण्डारी, अनिल पाण्डे लगायतको अभिनय छ ।  हिमाल केसीको द्वन्द्व रहेको फिल्ममा मुख्य सहायक निर्देशकमा रामशरण पाठक छन् । सौरभ लामाले ‘रुद्र’को क्यामेरा चलाएका छन् ।