सलोन ‘बाबु कान्छा’मा अभिनेतासँगै गायक पनि, गाए यो हिट गीत

सलोन ‘बाबु कान्छा’मा अभिनेतासँगै गायक पनि, गाए यो हिट गीत

द सिनेमा टाइम्स
0
Shares

अभिनेता सलोन बस्नेतले आफ्ना बाबु शोभित बस्नेतको निर्देशनमा बन्न लागेको ‘बाबु कान्छा’ फिल्मका  लागि गीत गाएका छन्।

उनले ‘चन्द्रमाझै राम्री छौ’ बोलको गीत हालै रेकर्ड गराए। गीतमा उनलाई गायिका मेलिना राईले साथ दिएकी छन्।
गीत शोभितकै हिट  फिल्म ‘कर्णवीर’मा  गीतको रिमिक्स भर्सन हो।

गायक तथा संगीतकार ओम सुनारले गीतलाई रिमिक्स गरेका हुन्। गीतको ओरिजिलन भर्सनमा स्वर संगीत लक्ष्मण शेषको रहेको थियो। उक्त गीत ‘कर्णवीर’ रिलिज ताका दर्शकहरूमाझ खास रूपले लोकप्रिय बनेको थियो।

सोही लोकप्रियतालाई क्यास गर्न शोभितले फिल्ममा उक्त गीत राखेको बताइन्छ। चैतको अन्त्यबाट फिल्म फ्लोरमा जाने तयारीमा रहेको भए पनि हाललाई फिल्मका लागि सलोनमात्र फाइनल छन्।