‘सायद २’ हङकङ प्रिमियर सम्पन्न, नेपाल रिलिज जेठमा

फिल्म ‘सायद २’ को हङकङ प्रिमियर गरिएको छ । हङकङ प्रिमियरबाट राम्रो प्रतिक्रिया मिलेपछि नेपाल रिलिजका लागी निर्माण युनिट उत्सुक देखिएको छ  ।

हङकङ रेडकार्पेट प्रिमियरमा फिल्म अभिनेता तथा निर्माता सुनिल रावल र निर्मात्री दुर्गिश थापाको उपस्थिति रहेको थियो । प्रिमियरमा राम्रो दर्शक प्रतिक्रिया मिलेकोमा निर्माता रावलले खुशि व्यक्त गरे । प्रिमियरमा झन्डै चार सय दर्शकको उपस्थिति रहेको थियो । सायद २ को हङकङ राईट चार लाखमा बिक्रि भएको थियो ।

पुष्पराज न्यौपाने डेब्यु निर्देशित फिल्मममा सुशिल श्रेष्ठ, स्यारोन श्रेष्ठ, निशा कार्की, कुशल पाण्डे, अमृत ढकाल लगायतको अभिनय छ । अन्य बिदेशी मुलुकमा समेत फिल्म प्रर्दशनको तयारी भईरहेको छ भने नेपालमा जेठमा रिलिज गर्ने सोच निर्माण कम्पनी दुर्गिश फिल्मसले लिएको छ ।

नोट: हरेक शुक्रवार बेलुका ९ बजे NtvPlus मा कार्यक्रम ‘सिनेमा नेपाल’ हेर्न नभुल्नु होला, हाम्रो यस आधिकारिक website मार्फत पनि Tv Show (सिनेमा नेपाल) हेर्न सकिने छ | साथै एभिन्युज टेलिभिजन मा बिहान ९.३० बाट बेलुकी ९.३० सम्म प्रतेक घण्टा प्रोमो प्रसारण भैरेहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *