छविराज प्रोडक्सनको फिल्म मङ्गलमको शुभमुहर्त, नवल निर्देशक रहेको फिल्मको शिल्पा प्रस्तुतकर्ता

छविराज ओझा प्रोडक्सनमा निर्माण हुने सिनेमा मङ्गलमको शुभमुहर्त गरिएको छ।

कमलादी स्थित गणेश मन्दिरमा सिनेमाका सम्पूर्ण सूटिङ यूनिटको उपस्थिती रहेको थियो। यसै चलचित्रबाट नायिका शिल्पा पोख्रेल निर्मात्रीको रूपमा नेपाली रजतपटमा पाईला चाल्दै छिन्।

नवल नेपालको निर्देशनमा बन्ने चलचित्रमा अभिनेताद्वय पुष्पल खड्का एवम् पृथ्वीराज प्रसाईंको मुख्य अभिनय रहने छ।माघ ७ गते फ्लोरमा जाने यस सिनेमाको सम्पूर्ण छायाङ्कन काठमाडौँमा हुनेछ।

बिष्णु कल्पितको छायङ्कन रहने यस चलचित्रमा दिपक शर्माको संगीत रहनेछ।

नोट: हरेक शुक्रवार बेलुका ९ बजे NtvPlus मा कार्यक्रम ‘सिनेमा नेपाल’ हेर्न नभुल्नु होला, हाम्रो यस आधिकारिक website मार्फत पनि Tv Show (सिनेमा नेपाल) हेर्न सकिने छ | साथै एभिन्युज टेलिभिजन मा बिहान ९.३० बाट बेलुकी ९.३० सम्म प्रतेक घण्टा प्रोमो प्रसारण भैरेहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *