सिङ्गापुरमा ‘सेतो सूर्य’ उत्कृष्ट

सिङ्गापुरमा ‘सेतो सूर्य’ उत्कृष्ट

द सिनेमा टाइम्स
0
Shares

दीपक रौनियार निर्देशित फिल्म ‘सेतो सूर्य’ अर्थात् ‘ह्वाइट सन्’ ले सिङ्गापुर अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा उत्कृष्ट फिल्मको अवार्ड जित्न सफल भएको छ । एसियामा प्रतिष्ठित मध्येको यो फिल्म फेस्टिभलमा पच्पञ्न हजार पाँच सय सिङ्गापुर डलर सहित ‘सेतो सूर्य’ उत्कृष्ट भएको हो ।

daya

विभिन्न देशबाट मनोनयनमा परेका दश फिल्मलाई पछि पार्दै ‘सेतो सूर्य’ ले अवार्ड जितेको खुसीयालीमा आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा निर्देशक रौनियार र अभिनेता दयाहाङ राईलाई स्वागत गरियो । दीपक र दयाहाङलाई स्वागत गर्न इयरपोर्टमा निर्माता छिरिङ रितार शेर्पा, रविन्द्र सिंह बाँनियाको टोली पुगेको थियो भने चलचित्र विकास वोर्डका कर्मचारीले पनि बुकी दिदैं उनीहरुलाई स्वागत गरेका थिए । ‘सेतो सूर्य’ को जित सम्पूर्ण नेपाली फिल्म क्षेत्रको जित रहेको दीपक र दयाहाङले बताए । भेनिस फिल्म फेस्टिभलमा समेत महत्वपूर्ण विधामा अवार्ड पाएको ‘सेतो सूर्य’ आगामी शुक्रबारदेखि अल नेपाल रिलिज हुँदैछ ।