जयललिताको बायोपिकमा कंगनाले लिइन २४ करोड पारिश्रमिक

जयललिताको बायोपिकमा कंगनाले लिइन २४ करोड पारिश्रमिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री कंगना रनावत बलिउडकी सर्वाधिक महँगी अभिनेत्री बनेकी छन् । यो भन्दा पहिले बलिउडमा दिपिका पादुकोणलाई बलिउडको सर्वाधिक महँगी अभिनेत्रीको रुपमा चिन्ने गरिन्थो । जसले प्रति सिनेमा १२ करोड भारुसम्म लिने गर्छिन् । अब उनलाई बलिउडकै अर्की अभिनेत्री कंगना रनाउतले उछिनेकी छन् । कंगनाले एक बलिउड र तामिल भाषमा निर्माण हुने सिनेमाका लागी दिपिकाको भन्दा दोब्बर पारिश्रमिक लिएकी छन् ।

मार्च २३ मा ३२ औँ जन्मदिन मनाउदा कंगनाले आफ्नो नयाँ सिनेमाको बारेमा जानकारी दिएकी थिइन् । तामिलनाडूकी अभिनेत्री तथा राजनीतिज्ञ जयललिताको बायोपिकमा उनको मुख्य भूमिका रहनेछ । जसको लागि कंगनाले २४ करोड भारु पारिश्रमिक बुझेकी हुन् । यो भारतीय अभिनेत्रीको हकमै सर्वाधिक पारिश्रमिक हो ।

दुई भाषामा निर्माण हुने सिनेमाको हिन्दी भाषामा नाम ‘जया’ राखिएको छ । भने, तामिलमा ‘थलैवी’को नाममा रिलिज हुनेछ । जसको कथा बाहुबली र भाग मिल्खा भाग र मनिकर्णिकाको कथा दक्षिण भारतका चर्चित लेखक केभी विजेन्द्र प्रसादले लेखिरहेका छन् । कंगनाले बलिउडमा ‘लेडी लिड’ सिनेमालाई प्रचलनमा ल्याएकी थिइन् । बक्सअफिसमा हिट सिनेमा दिन सक्ने कंगनाको ‘तनु वेड्स मनु रिटर्न्स’ले डेढ अर्व बराबरको कमाई गरेको थियो ।

त्यस्तै पछिल्लो रिलिज ‘मनिकर्णिका’ले १०० करोडको माथिको व्यापार गर्न सफल भएको थियो । कंगना अहिले ‘मेन्टल हे क्या’ सिनेमामा व्यस्त छिन् । भने, त्यसपछि ‘पंगा’को छायांकन सकाउने छिन् । यो सिनेमालाई तामिलका चर्चित निर्देशक एएल विजयको निर्देशन गर्नेछन् ।