दर्शकले दिएको प्रतिक्रियाका आधारमा ‘प्रेमलीला’ सुपरहिट : दिपशिखा खड्का

दर्शकले दिएको प्रतिक्रियाका आधारमा ‘प्रेमलीला’ सुपरहिट : दिपशिखा खड्का

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – गएको शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा हो ‘प्रेमलीला’ । यो सिनेमाले हलमा खासै राम्रो दर्शकको साथ पाएको छैन् । तर निर्माण टिम जती दर्शकले सिनेमा हरेका छन्, उनीहरु सवैलाई सिनेमा मन परेको भन्दै खुशीयाली मनाई रहेको छ । दिपशिखा खड्काको लगानीमा निर्माण भएका सिनेमाको आइतबार बिशेष शोको आयोजना गरिरहेको थियो । जहाँ सिनेमा हेरेका सिनेमाकर्मी, पत्रकार र दर्शकले सिनेमा मन परेको बताए ।

विशेष शो पश्चात मिडियासँग कुरा गर्दै अभिनेत्री तथा निर्मात्री दिपशिखा खड्काले ‘प्रेमलीला’ व्यापारिक हिसावले असफल भएता पनि दर्शकको प्रतिक्रियाका आधारमा सुपरहिट भएको बताइन् । मेरो पहिलो प्रयासलाई दर्शकले निकै मन पराउनु भएको यसैले गर्दा म निकै खुशी छु । पैसा कमाउन आफ्नो ठाउँमा छ, तर पछिल्लो समय रिलिज भएका अधिकांश सिनेमाले दर्शकबाट राम्रो प्रतिक्रिया दिएका छैनन्, उनले भनिन् ।

फैजली फिल्मस्को व्यानरमा दिपशिखा खड्का र नानीमैया कार्कीले निर्माण गरेको सिनेमाले सामाजिक सञ्जालको माध्यमबाट नजिक भएका दुई देशका युवा, युवतीको प्रेमको कथा उठान गरेको छ । यो सिनेमामा दिपशिखाका अलवा अली खान, मौसम खड्काको मुख्य भुमिका रहेको छ । सिनेमाको कथा स्वंयम निर्मात्री तथा अभिनेत्री खड्काले लेखेकी हुन् । पवन गौतमको छायांकन, चन्दन दत्तक र सालिक दुलालको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी सिनेमामा रहेको छ ।