आजबाट २५ औं बसन्तमा सुपरस्टार अनमोल केसी

आजबाट २५ औं बसन्तमा सुपरस्टार अनमोल केसी

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आज चत्रै १६ गते सुपरस्टार अनमोल केसीले आफ्नो २४ औं जन्मदिन मनाएका छन् । साथीभाईर परिवारीक जमघटका बिच समान्य तरिकाले केक काटेर आफ्नो जन्मदिन मनाएका हुन् । अनमोलले बालकलाकारको रुपमा ‘सुपरस्टार’बाट आफ्नो करियरको सुरुवात गरेका हुन् । भने पिता भुवन केसीले निर्माण गरेको सिनेमा ‘साथी म तिम्रो’मा बिशेष भुमिकामा देखिएका थिए ।

अनमोलले पहिलो पटक नेपाली सिनेमामा सुनिल रावलले निर्माण गरेको सिनेमा ‘होस्टेल’बाट मुख्य अभिनेताको रुपमा डेव्यु गरेका थिए । पहिलो सिनेमाबाटै स्टारर कलाकारको रुपमा उदाएका अनमोललाई अहिले नेपाली सिनेमा क्षेत्रका सवैभन्दा महँगा अभिनेताको रुपमा चिन्ने गरिन्छ । अनमोलले एउटा सिनेमामा काम गरे बाफत पचास लाखसम्म पारिश्रमिक लिने गर्छन् । अनमोललाई पचास लाख तिरेर सिनेमा खेलाउन चाहने निर्माताको लाइन निकै लामो छ । उनले अहिलेसम्म ‘होस्टेल’, ‘जेरी’, ‘ड्रिम्स’, ‘गाजलु’, ‘कृ’, ‘क्याप्टेन’ र ‘ए मेरो हजुर ३’ लगायतका सिनेमामा काम गरिसकेका छन् ।

अनमोल अहिले आगामी नयाँ वर्षको अवसर पारेर चैत्र २९ गतेबाट रिलिज हुने सिनेमा ‘ए मेरो हजुर ३’को प्रचार प्रसारमाच व्यस्त छन् । अनमोल अभिनीत यो सिनेमालाई वर्षकै प्रतिक्षीत सिनेमाको रुपमा हेरिएको छ । अनमोलका निकट श्रोतका अनुसार हरेक दिन अनमोललाई २ देखि ३ ओटा सिनेमाको अफर आउने गर्छ । तर अनमोलले थोरै र सेलेक्टेड सिनेमामा मात्रै काम गर्ने गरेका छन् । उनै अनमोललाई द सिनेमा टाइम्स परिवारका तर्फबाट जन्मदिनको धेरै धेरै शुभकामना !!!