शुक्रबारबाट हलमा प्रदीप र जसिताको ‘लभ स्टेशन’ रिलिज

शुक्रबारबाट हलमा प्रदीप र जसिताको ‘लभ स्टेशन’ रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आज शुक्रबारबाट हलमा प्रदीप खड्का र जसिता गुरुङ स्टारर सिनेमा ‘लभ स्टेशन’ प्रदर्शनमा आएको छ । भेट्रान निर्देशक उज्वल घिमिरेले निर्देशन गरेको सिनेमा निर्माण भएको सिनेमाले मल्टीपेलेक्समा उच्च शो पाएको छ । मध्यम प्रचार प्रसारका बिच प्रदर्शनमा आएको सिनेमाले दर्शकमाझ निकै राम्रो हाइप पाएको छ । त्यसैले पनि सिनेमाले बक्सअफिसमा बम्पर व्यापार गर्ने अपेक्षा निर्माण टिमको छ । सिनेमाले राम्रो व्यापार गर्नुमा अहिलेका चर्चित अभिनेता प्रदीप खड्काको स्टारडम पनि मुख्य हतियार मानिएको छ ।

सिनेमाका प्रस्तुतकर्ता वितरक गोविन्द शाही हुन् । ‘लभ स्टेशन’मा अभिनेता प्रदीप खड्काका अलवा जसिता गुरुङ, रमेश बुढाथोकी, रश्मी पाण्डे, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु राना लगायतका कलाकारको अभिनय रहेकोछ ।

‘लभ स्टेशन’लाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविर बीक्रम शाहीले निर्माण गरेका हुन् । आलोक शुक्लाको छायाँकन रहेको लभ स्टेशनमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ । अर्जुन जिसी र लोकेश बज्राचार्यको सम्पादन रहेको सिनेमाका गीतमा शिशिर खातीको कोरियोग्राफी रहेको छ ।