राजु अर्यालको निर्देशनमा ‘द डार्क एण्ड लाइट’ बन्ने

राजु अर्यालको निर्देशनमा ‘द डार्क एण्ड लाइट’ बन्ने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – ‘द डार्क एण्ड लाइट’ नामक नेपाली सिनेमा निर्माण हुने भएको छ । खालिङ सिस्टर्स मुभिज प्रालिको ब्यानरमा निर्माण हुने सिनेमाको आज शुक्रवार शुभमुहुर्त सम्पन्न भएको हो । पशुपति क्षेत्रमा रहेको वृद्धाश्रममा आयोजित समारोहमा सिनेमाको क्यामरा पूजा गर्दै शुभमुहुर्त गरिएको छ । सिनेमाका निर्देशक राजु अर्याल, अभिनेता पिटर खालिङ, अभिनेत्री सरस्वती लामा तथा निर्देशक राजु अर्यालले क्यामराको पूजा गरेका थिए भने वरिष्ठ गीतकार राजेन्द्र थापाले नविरल फुटाएर शुभुमुहर्त भएको घोषणा गरेका थिए ।

सिनेमामा राजु अर्याल मुख्य निर्देशकको रुपमा रहने छन भने पिटर खालिङ, सरस्वती लामा तथा केशवराज भट्टले पनि निर्देशनमा सहयोग गर्नेछन् । वृद्धाश्रममा आश्रित वृद्ध–वद्धाहरुलाई खाना खुवाउने उदेश्यले गरिएको शुभमुहुर्त समारोहमा सिनेमाकी अभिनेत्री तथा निर्देशक सरस्वती लामा तथा गायक डेविड शंकरले सिनेमाको प्रोमोशनल गीत गाएका थिए । उक्त गीतमा राजेन्द्र थापाका शब्द तथा दीपक शर्माको संगीत रहेको छ ।

मुहुर्त समारोहमा गीतकार राजेन्द्र थापाले सिनेमाका लागि शुभकामना दिंर्दै आफूले यो सिनेमाका लागि जनजिब्रोमा झुण्डिने शैलीको गीत तयार पारेको बताए । सिनेमाका मुख्य निर्देशक राजु अर्यालले सिनेमाको विषयवस्तुका बारेमा प्रकाश पार्दै हरेक व्यक्तिमा हुने नकारात्मक तथा सकारात्मक पक्षलाई उजागर गर्न लागिएको बताए ।

सिनेमाका प्रस्तुतकर्ता, निर्देशक तथा अभिनेता पिटर खालिङले यो सिनेमा कमेडी, रोमान्स तथा द्वन्द्व प्रधान कथावस्तुमा निर्माण हुने बताए । गायिकाको रुपमा स्थापित भैसकेकी सरस्वती लामाले यही सिनोमा मार्फत पाश्र्व गायनका साथै अभिनय र निर्देश्ँनको क्षेत्रमा समेत सक्रिय हुन लागेको बताइन् ।

सिनेमामा पिटर खालिङ र सरस्वती लामाका अलवा सेसुका राई, सुमन मगर, प्रिन्सा राई लगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । आज शुक्रवारदेखि नै प्mलोरमा गएको यो सिनेमामा कुमार महर्जनको द्वन्द्व निर्देश्ँन रहने छ भने सविन भट्टराईले सिनेमालाई छायांकन गर्नेछन् । एक महिनाको सेड्यूलमा छायांकन सम्पन्न गर्ने लक्ष्य लिएको यो सिनेमा दसैंअघि नै दर्शकमाझ आउने जानकारी गराइएको छ । सिनेमाको कथा, पटकथा तथा संवाद अभिनेता पिटर खालिङले नै तयार पारेका हुन् ।