कस्तो चल्यो प्रदीप र जसिताको ‘लभ स्टेशन’ ?

कस्तो चल्यो प्रदीप र जसिताको ‘लभ स्टेशन’ ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘लभ स्टेशन’ले राम्रो व्यापार गरेको निर्माण टिमले जनाएको छ । शुक्रबार औषत व्यापार गरेको वर्षाका बाबजुद पनि सिनेमाले रम्रो व्यापार गरेको प्रस्तुतकर्ता तथा वितरक गोविन्द शाहीले बताए । शनिबार दिउँसो गोपिकृष्ण मूभिजको चार ओटा हल, अष्ट नारायणको दुई ओटा हल, गुण सिनेमाका तीन ओटा हल एक सोमै हाउसफुल भएका थिए ।

आईतबारबाट मौसम बिहानै देखि राम्रो रहेको र ब्यापार पनि राम्रो हुने अपेक्षा वितरक तथा प्रस्तुतकर्ता शाहीको रहेको छ । यसैबीच शनिबार दिउँसो काठमाडौंको गोपिकृष्ण, बिएसआर, अष्टनारायण लगायतका सिनेमा हलमा अभिनेता प्रदीप खड्का, प्रकाश शाह, अभिनेत्री जसिता गुरुङलगायतको ‘लभ स्टेशन’ टिम पुगेका थिए । यी कलाकारलाई सँगै पाउँदा दर्शकहरु निकै खुसी भएका थिए ।

उज्ज्वल घिमिरे निर्देशनमा निर्माण भएको सिनेमामा प्रदीप खड्का, जसिता गुरुङ, रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, रश्मी पाण्डे, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय छ । लभ स्टेशनलाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् ।

सिनेमामा अर्जुन जिसी र लोकेश बज्राचार्यको सम्पादन, शिशिर खातीको कोरियोग्राफी रहेको छ । भने आलोक शुक्लाको छायाँकन रहेको लभ स्टेशनमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ । यो सिनेमाको निर्माण नियन्त्रकमा राजेन्द्र रावल छन् ।