यात्राको ट्रेलर हेरेर एक लाख जित्ने अवसर

यात्राको ट्रेलर हेरेर एक लाख जित्ने अवसर

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी शुक्रबारबाट नयाँ वर्षको अवसर पारेर प्रदर्शनको तयारी रहेको सिनेमा हो ‘यात्रा : अ म्युजिकल भ्लग’ । सिनेमाको प्रदर्शन मिति नजिकिदै गर्दा निर्माण टिमले मकै एपसँगको सहकार्यमा क्विज कन्टेस्ट आयोजना गरेको छ । मकै एपसँगको सहकार्यमा आयोजना गरिएको प्रतियोगितामा एक प्रश्न सोधिएको छ , जसको सहि जवाफ दिने मध्यबाट भाग्यशाली एक जनाले नगद १ लाख पाउनेछन् ।

सिनेमामा मलिका महतले तस्प्याको भूमिका निर्वाह गरेकी, उनले आफ्नो आँखाको ज्योति कसरी गुमाउछिन् ? यस प्रश्नको जवाफका लागि सहभागीले ट्रेलर हेरेर दिएको अप्सन मध्य एकमा टिक लगाउने पर्नेछ । टिक लगाएपछि प्रतियोगीले आफ्नो नाम र नम्बरसँगै इमेल सहितको प्रयोग गरि सबमिट गर्नु पर्नेहुन्छ । यसमा विश्वभरका जो कोहीले पनि सहाभागिता जनाउन पाउनेछन् । सहभागिताको लागि https://meromakaii.com/yatra लिंकमा क्लिक गर्नु पर्ने हुन्छ ।

नेपालबाट विनर भए १ लाख नगद र विदेशबाट भए नौ सय युएस डलर प्रदान गरिने प्रस्तुतकर्ता चिजकुमार श्रेष्ठले बताए । यो प्रतियोगिता आउँदो चैत्र २९ गते विहान ८ बजे बन्द गरिने छ भने आउँदो वैशाख २० गते फेसबुक लाइभ मार्फत विजेता घोषणा गरीनेछ । यस प्रतियोगितामा सहभागी हुनेले उल्लेखित सर्त तथा नियम पालना गर्न पनि अति आवश्यक छ ।

सिनेमाको कथा तपस्याको भूमिका निर्वाह गरेकी मलिकाको वरिपरी नै घुमेको छ । डेब्यु सिनेमा ए मेरो हजुर २ मार्फत नै आफ्नो एक किसिमको फ्यान फ्लोअर्स बनाउन सफल सलिनमान बनिया, सलोन बस्नेत, जान्वी बस्नेत, जय नन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेश जंग कुँवर, इश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, इश्वर पौडेल, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्मा लगायतको अभिनय रहेकोछ ।

कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड, क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण भएको सिनेमाका प्रस्तुतकर्ता केशव भट्टराई र चिज कुमार श्रेष्ठ हुन् । सिनेमामा बिक्रम पराजुली, मुक्ति तिम्सिना र राम शरण घिमिरे सह निर्माताको रुपमा रहेका छन् । भने सिनेमाका निर्माता सुशील पोखरेल र कार्यकारी निर्माता सर्जुमान लिगल हुन् ।

सिनेमामा सञ्जय लामाको छायांकन, कविराज गहतराज र प्रविन सिंहको कोरियोग्राफी, हिमाल केसीको द्वन्द, वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाको, प्रतिक पौडेल र कोविद बज्रको संगीत, बनिश शाहको सम्पादन रहेको छ । यो सिनेमालाई सम्राट शाक्यले निर्देशन गरेका हुन् ।