खगेन्द्रको लेखन तथा निर्देशनमा ‘पानीफोटो’को निर्माण घोषणा

खगेन्द्रको लेखन तथा निर्देशनमा ‘पानीफोटो’को निर्माण घोषणा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – खगेन्द्र लामिछानेले अभिनय तथा निर्देशन गरेको चर्तित नाटक ‘पानीफोटो’ माथी सिनेमा निर्माण हुने भएको छ । यो सिनेमाको आज राजधानीमा आयोजीत एक कार्यक्रमका बिच अफिसियल रुपमा निर्माण घोषणा गरियो । यही वार ड्रामा सिनेमाबाट अभिनेता, लेखक तथा निर्माता खगेन्द्र लामिछानेले निर्देशनमा डेव्यु गर्दैछन् । खगेन्द्रले यसअघि ‘टलकजंग भर्सेस टुल्के’, ‘पशुपती प्रसाद’, ‘धनपती’ लगायतका सफल सिनेमा काम गरिसकेका छन् । टुकी आर्ट्स र मञ्जुश्री फिल्म प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण हुने सिनेमाको छायाँकन आगामी भाद्र महिनाबाट सुरु हुनेछ । १५ वर्ष अगाडी द्धन्द्व कालमा हराएको छोराको प्रतिक्षामा बसेका बाबुआमाको कथा सिनेमाले उठान गर्नेछ ।काठमाडौं, चितवन, स्याङ्जा र रोल्पामा सिनेमा छायांकन हुनेछ

यो सिनेमामा सुनिल पोखरेल, निशा शर्मा पोखरेल, अनुप बराल, खगेन्द्र लामिछाने, मेनुका प्रधान, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ, कमलमणी नेपाल, अशान्त शर्मा, श्याम कुमार खड्का लगायतका कलाकारको सिनेमामा अभिनय रहने छ । ‘पानीफोटो’मा रंगमञ्चका चर्चित कलाकारहरुको बाहुल्यता रहेको छ ।सिनेमा निर्देशक तथा कलाकार खगेन्द्र लामिछानेले ‘पानीफोटो’ निर्देशन गर्ने सपना रहेको बताए । उनले भने – ‘यसपछि म सिनेमा निर्देशन गर्छु वा गर्दैन त्यो त थाहा छैन् । तर, ‘पानीफोटो’ मैले निर्माण गर्न चाहेको जस्तो सिनेमा हो, त्यसैले यसलाई उत्कृष्ट बनाउने प्रयास गर्नेछु । मैले ‘पानीफोटो’लाई नाटकको रुपमा निर्माण गर्दै गर्दा सोचेको थिए, यसलाई एक दिन सिनेमाको रुपमा ढाल्ने छु । आज आएर बल्ल त्यो सपना पुरा हुने समय जुरेको छ । हेरौ कति सफल हुन्छु, त्यो भोली सिनेमा बनेर हलमा आए पश्चात तपाईहरुको प्रतिक्रियाले बताउने छ ।’

अभिनेता, निर्माता तथा निर्देशक लामिछाने स्वयंमले पानीफोटोको कथा, पटकथा तथा संवाद तयार पारेका हुन् । सिनेमामा रोजिना सिटौला र रविन्द्र बज्राचार्यको लगानी रहने छ । दिपक बज्राचार्यको छायाँकन रहने सिनेमालाई निमेष श्रेष्ठले सम्पादनको जिम्मेवारी सम्हाल्ने छन् । २०२० मा रिलिज हुने सिनेमामा पुष्पासंगमको पाश्र्व संगीत रहने छ ।