‘लप्पन छप्पन २’को फर्स्टलुक रिलिज, सौगात र अर्पणको फरक लुक्स

‘लप्पन छप्पन २’को फर्स्टलुक रिलिज, सौगात र अर्पणको फरक लुक्स

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – मुकुन्द भट्टको निर्देशनमा निर्माण भैरहेको मल्टीस्टारर सिनेमा ‘लप्पन छप्पन २’ को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा सिनेमा मुख्य कलाकार सौगात मल्ल र अर्पण थापा मात्र अटाएका छन् । सिनेमाको पोस्टर निकै आकर्षक बनाइएको छ । पोस्टरमा सौगात र अर्पणलाई निकै फरक लुक्समा देख्न सकिन्छ । अभिनेता अर्पणको हेयर स्टाइलले दर्शकको ध्यान खिच्ने देखिन्छसिनेमा ‘लप्पन छप्पन २’ मा सौगात र अर्पणले नेगेटिभ भुमिका निर्वाह गरेका छन् । पोस्टरमा देखिएको यी दुईको फरक लुक्सले दर्शकमा सिनेमाप्रति कौतुहलता र उत्सुकता पैदा गर्ने अनुमान निर्माण टिमले गरेको छ । पोस्टरको पृष्ठभूमिमा सिनेमाका अन्य कलाकारहरु फ्रान्सको पेरिसस्थित आइफिल टावरतर्फ हेर्दै गरेको देख्न सकिन्छ ।

‘लप्पन छप्पन २’ मा सौगातको पिताको भूमिका अभिनेता शिव श्रेष्ठले निभाएका छन् । सिनेमामा सौगात र अर्पणका अलवा दयाहाङ राई, अनुप विक्रम शाही, नम्रता श्रेष्ठ, केरोलिन कोलिन्डा, सुरविना कार्की, सृजना सिना, देव कुमारलगायतका कलाकारहरुको पनि अभिनय छ । पुरुषोत्तम प्रधान छायाँकन रहेको सिनेमालार्ई चिजकुमार श्रेष्ठ र प्रजापति सिवाकोटीले मिलेर निर्माण गरेका हुन् ।