‘वान सिनेमाज’ मल्टीप्लेक्स हल सञ्चालनमा

‘वान सिनेमाज’ मल्टीप्लेक्स हल सञ्चालनमा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बानेश्वरको आइप्लेक्स मलमा बिहिबारबाट ‘वान सिनेमाज’ मल्टीप्लेक्स हल सञ्चालनमा आएको छ । पर्यटनमन्त्री योगेश भट्टराईले उक्त हलको उद्घाटन गरेका हुन् । पछिल्लो समय सिनेमा हेर्नका लागि स्तरिय हल दर्शकको रोजाइ पर्दै आइरहेको भन्दै यसले नेपाली सिनेमाको विकास र प्रवद्र्धनमा ठूलो टेवा पुग्ने बताए ।फोके प्रविधि अपनाइएको ‘वान सिनेमाज’ हलमा ४ सय १० दर्शक क्षमताका दुई अडिटोरियम छन् । यो हलमा शुक्रबारबाट ‘कबड्डी कबड्डी कबड्डी’ प्रदर्शन हुनेछ । बिहीबार हलको अवलोकन गर्न सिनेकर्मी तथा पत्रकारहरुको बाक्लो उपस्थिती रहेको थियो । रेखा थापा, दीपाश्री निरौला, श्वेता खड्का, जसिता गुरुङ, धिरज मगरलगायतका कलाकारहरुले हल अवलोकन गरेका थिए ।हललाई अन्र्तराष्ट्रिय स्तरको बनाइएको भन्दै उपस्थित सबैले डिजाइनको प्रशंसा गरे । हल शुक्रबारबाट सञ्चालनमा आउने भए पनि मल भने औपचारिक रुपमा अर्को साताबाट व्यसायिक सञ्चालनमा आउने सञ्चालक मध्येका एक प्रभु शमशेर जबराले बताए । दशक अगाडि आइप्लेक्स मल निर्माण भएको स्थानमा शिवदर्शन हल थियो । जसलाई भत्काएर यो मल निर्माण गरिएको हो ।बिहीबार सिनेकर्मी र पत्रकारलाई हलमा थ्रीडी र टुडीको भिजुअल डेमो पनि देखाइएको थियो । हलमा सुतेर सिनेमा हेर्न चाहने दर्शकका लागि त्यही अनुरुपको सिट पनि राखिएको छ । हलका सञ्चालक तथा सिनेमा निर्माता प्रभु समशेरका छोरा प्रज्वल समशेर राणाले दर्शकलाई फरक रुपमा सिनेमा हेर्ने अनुभव लिनका लागि यस प्रकारको सिटको राखिएको बताए ।निर्माता प्रज्वल राणाले आइप्लेक्सले निकट भविष्यमा सिनेमा वितरण र ‘वान सिनेमाज’ को फ्रेन्चाइज विस्तार गर्ने पनि जानकारी दिए ।

तस्वीर : ज्ञानु राई