राजनीति र प्रेमको कथा ‘छ माया छपक्कै’ ट्रेलर रिलिज

राजनीति र प्रेमको कथा ‘छ माया छपक्कै’ ट्रेलर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – मल्टिस्टारर सिनेमा ‘छ माया छपक्कै’ को ट्रेलर सार्वजनिक गरिएको छ । बानेश्वरमा अवस्थित ‘वान सिनेमाज’ हलमा आकस्मिक पत्रकार सम्मेलन गर्दै निर्माण टिमले सिनेमाको ट्रेलर रिलिज गरेको हो । सार्वजनिक ट्रेलरमा राजनीति र माया प्रेमलाई विशेष स्थान दिइएको छ ।‘छ माया छपक्कै’मा अभिनेता दीपकराज गिरीले एक राजनीतिज्ञको भूमिका निवार्ह गरेका छन् । उनको प्रेम आफूभन्दा आधा उमेरकी युवती केकी अधिकारीसँग हुन्छ । राजनीतिक द्वन्द्वले प्रेममा पार्ने प्रभावलाई ट्रेलरमा देखाइएको छ । कमेडी विषय वस्तुमा निर्माण गरिएको सिनेमाले देशमा घटिरहने गम्भीर विषयवस्तु समावेश गरिएको छ । भने, हास्यकलाकार केदार घिमिरेको हाउभाउ र संवादले दर्शक हँसाउँछ ।

दीपेन्द्र लामा निर्देशनमा निर्माण भएको सिनेमामा दीपकराज गिरी, केकी अधिकारी केदार घिमिरे, जितु नेपाल, सुपुष्पा भट्ट, अनुराग कुँवर, प्रकाश घिमिरे, रमा थपलिया, विष्णु सापकोटा लगायतका कलाकारहरुको अभिनय छ । असोज २४ गतेबाट देशव्यापी प्रदर्शनमा आउने सिनेमा ‘छ माया छपक्कै’मा ‘छक्का पञ्जा’ सिरिजकी सफल निर्देशक दीपाश्री निरौला निर्देशन सल्लाहकारको रुपमा रहेकी छन् ।रोहित अधिकारी निर्माता, केदार प्रसाद घिमिरे र जितु नेपाल कार्यकारी निर्माता रहेको सिनेमाको कथा निर्देशक लामाले तयार पारेका हुन् । दीपकराज गिरीको पटकथा लेखन रहेको सिनेमाको संवाद दीपकराज गिरी, केदार प्रसाद घिमिरे, जितु नेपाल, अभिमन्यू निरवीले मिलेर लेखेका हुन् । रोशन श्रेष्ठको द्वन्द्व निर्देशन रहेको सिनेमामा कविराज गहतराजको कोरियोग्राफी, हरि हुमागाइँको छायाँकन, विपिन मल्लले सम्पादन रहेको छ ।