टोरोन्टोमा ‘सिने स्टार अवार्ड’ आयोजना हुने

टोरोन्टोमा ‘सिने स्टार अवार्ड’ आयोजना हुने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – नेपाली सिनेमा अवार्डको भिडमा अर्को नयाँ अवार्ड आयोजना हुने भएको छ । आइतबार राजधानीमा प्रेसमिट गर्दै आयोजक कम्पनि हिल्सा इन्टरटेनमेन्ट प्रालिले ‘सिने स्टार अवार्ड – २०२०’ घोषणा गर्यो ।


आगामी जनवरी ३१ मा क्यानडाको टोरोन्टोमा आयोजना हुने अवार्डमा कुल १४ विधा समावेश गरिएको छ । १४ विधामा जुरी अवार्ड र लाइफटाइम एचिभमेन्ट गैरप्रतिस्पर्धाका तर्फका छन्, भने बाँकी १२ विधाको प्रतिस्पर्धा हुनेछ । अवार्डमा २०७५ साल भरि रिलिज भएका सिनेमाले प्रतिस्पर्धा गर्न पाउनेछन ।

मोहन निरौला, रमेश बुढाथोकी र दिनेश डिसी सम्मिलित निर्णायक टिमको मुल्याङ्कनको आधारमा विजेता घोषणा गरिनेछ । उत्कृष्ट ३ को मनोनयन सार्वजनिक गरिसके पछि भरसक मनोनयनमा परेका सिनेकर्मीलाई अवार्डमा उपस्थित गराउने उद्येश्य आयोजकको छ ।


अवार्ड जी.टी.ए. लायन्स क्लब टोरेन्टो क्यानडा र सिने मल्टीभिजन क्यानडाको सहकार्यमा आयोजना हुने अवार्डले ‘नेपाल भ्रमण वर्ष – २०२०’लाई प्रवर्दन गर्ने आयोजकले जानकारी दिएको छ ।  साथै, नेपाली सिनेमा र नेपाली पहिचानको अन्तर्राष्ट्रियकरण अवार्डको मूल उद्येश्य बताइएको छ ।

अवार्ड कार्यक्रमलाई शुभकामना प्रदान गर्न चलचित्र विकास बोर्ड अध्यक्ष केशव भट्टराई, बोर्ड पुर्व अध्यक्ष तथा बरिष्ठ कलाकार कृष्ण मल्ल, कलाकार संघ अध्यक्ष रविन्द्र खड्का, बरिष्ठ अभिनेता शिव श्रेष्ठ, अभिनेत्री आँचल शर्मा, पवित्रा आचार्य, अभिनेता सलोन बस्नेत, आमेश भण्डारी, निराजन प्रधान लगायत उपस्थित थिए ।


प्रतिक बुढाथोकी संयोजक रहेको टिममा नेपालबाट बसन्त निरौला, सिपी पौडेल, पिटरकुमार श्रेष्ठ, बिजय बस्याल, श्रीधर पौडेल, बैकुण्ठराज पराजुली आयोजक सदस्य छन् ।