सुशील र आमिरको ‘बादशाह जुट’ ट्रेलर रिलिज

सुशील र आमिरको ‘बादशाह जुट’ ट्रेलर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – कार्तिक १५ गते रिलिज हुने फिल्म ‘बादशाह जुट’को ट्रेलर सार्वजनिक गरिएको छ । सुशील श्रेष्ठ र आमिर गौतम स्टारर सिनेमाको ट्रेलरमा कमेडी, एक्सन र प्रेम घोलिएको छ ।

जोनी सिंह रानाले निर्देशन गरेको सिनेमामा सुशीलले पत्रकार र आमिरले एक पुलिस अफिसरको भूमिका निर्वाह गरेका छन् । एक मिसनमा हिडेका दुवैले आफुलाई बादशाह मान्छन । सिनेमामा रोविन तामाङ, रोशी खड्का, केइशा रावत, रश्मि पाण्डे, दीपक क्षेत्री, कमलमणि नेपाललगायतका कलाकारको अभिनय छ । भने, प्रियंका कार्कीलाई अतिथि भूमिकामा देख्न सकिन्छ ।

अभिषेक शशी कुमारको लेखनमा निर्मित सिनेमामा उत्तम हुमागाईंको छायाँकन, राजकुमार उप्रेतीको एक्सन, दिर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाज, कोशिस क्षेत्री र मोहित मुनालको संगीत छ ।

एच एण्ड बी फिल्मस् र गोल्डेन ग्रेप्स फिल्मस् एण्ड इन्टरटेनमेन्टको व्यानरमा निर्मित सिनेमामा हर्क बहादुर कुँवर (पिटर) र भोजराज श्रेष्ठ (मिक्की)ले लगानी गरेका छन् ।